नक्कली नोटसहित ४ जना बंगलादेशी नागरिक पक्राउ « Khabarhub

नक्कली नोटसहित ४ जना बंगलादेशी नागरिक पक्राउ


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- महानगरीय प्रहरी वृत्त ठिमीले नक्कली नोटसहित ४ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २६ वर्षका सुमन खान, बङ्गलादेश नेत्रकुना घर भई लोकन्थली बस्ने वर्ष ४१ को अलि अहमद, सोही स्थान बस्ने वर्ष २१ को रोबेल मिक्दा र वर्ष २१ महमद उल्लाहा रहेका छन् ।

प्रहरीले नक्कली नोट पसलमा दिएर फरार हुने बंंगलादेशी नागरिक सुमनलाई पहिले पक्राउ गरेको थियो । ततपश्चात अनुसन्धानका लागि उनीसँगै कोठमा बस्दै आएका अन्य तीन जनालाई समेत पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

बंगलादेश फरिदपुर घर भई हाल लोकन्थली बस्दै आएका खानले एक गिफ्ट पसलमा सामान खरिद गरी नक्कली नोट २ हजार दिएर फरार भएका थिए ।

लोकन्थलीमा रहेको लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने गरेको खानको कोठामा खानतलासी गर्दा १ हजार दरका नक्कली जस्तो देखिने १६ थान गरी जम्मा १८ थान नेपाली नोट बरामद गरिएको वृत्त प्रमुख कोइरालाले बताए ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ८ : २२ बजे

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा