नेपाल बंगलादेश बैंककाे ५ प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश पारित « Khabarhub

नेपाल बंगलादेश बैंककाे ५ प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश पारित


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बंगलादेश बैंक लिमिटेडले ५ प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

बै‌ंकको २५आौं बार्षिक साधारणसभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) दिने प्रस्ताव स्वीकृत गरेको हो ।

सोमबार सम्पन्न भएको उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७५/७६ सम्मको संचित मुनाफाबाट बोनश शेयर र लाभांश  दिने प्रस्ताव स्वीकृत गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्य संग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ ।

समिक्षा अवधिमा बैंकको कुल निक्षेप २४.५५ प्रतिशतले बृद्धि भई रु.५९.७६ अर्ब पुगेको छ भने कुल कर्जा २९.१६ प्रतिशतले बृद्धि भई रु. ५५.७२ अर्ब पुगेको छ । बैंकको वासलातको आकार २४.२४ प्रतिशतले बृद्धि भई रु. ७६.२५ अर्ब पुगेको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ८ : ५७ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा