१ हजार ७ सय ६० कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा | Khabarhub Khabarhub

१ हजार ७ सय ६० कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राष्ट्रिय सर्तकता केन्द्रको अनुगमनक क्रममा एक हजार ७ सय ६० कर्मचारी कारबाहीमा परेका छन् ।

केन्द्रका अनुसार चालू आर्थिक वर्ष सुरुवातदेखि मंसिर मसान्तसम्म स्थानीय तहका विभिन्न १ सय ६७ कार्यालयमा गरेका अनुगमनबाट कारबाही सिफारिस गरिएको हो ।

अनुगमनक्रममा १ हजार ४ सय ४५ कर्मचारीले समय पालना नगरेको र ३ सय १५ ले तोकिएको पोसाक नलगाएको पाइएको छ ।

केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालका अनुसार सिफारिस भएकामध्ये ५ सय २४ जनालाई मात्र कारबाही भएको छ ।

सिफारिस गरेका कर्मचारीलाई सम्बन्धित कार्यालयलाई कारबाहीका लागि सिफारिस गर्ने केन्द्रले धेरै कार्यालयले कर्मचारीलाई कारबाहीमा ढिलाइ गरेको भन्दै कार्यालय प्रमुखलाई नै सिफारिस गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ८ : ०६ बजे

सगरमाथा शिखरमा फहराइयो अनेरास्ववियुको झण्डा

काठमाडौं– नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)

जापानी कम्पनी होन्डाले विद्युतीय सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने

टोकियो– जापानको अटोमोबाइल निर्माता होन्डा मोटर कम्पनीले मंगलबार आफ्नो विद्युतीय

सर्वसाधारणका लागि खुल्यो नौ तले दरबार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको वसन्तपुरस्थित नौ तले दरबार औपचारिक रूपमा उद्घाटन भएको

जुनियर पनि रोनाल्डोकै बाटोमा : पहिलो प्रतियोगितामै छाडे प्रभाव, देशका लागि जिते उपाधि

लिस्बन, पोर्चुगल– विश्व फुटबल जगतका चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका जेठा

कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानको लक्ष्य : कुलपति हार्तम्छाली

टक्सार– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विद्यमान कलाका