चिसो बढेपछि हिल्सा नाका सुनसान, प्रहरी चौकी पनि सारियो « Khabarhub

चिसो बढेपछि हिल्सा नाका सुनसान, प्रहरी चौकी पनि सारियो


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमिकोट- चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रको हिल्सानाका सुनसान देखिन थालेको छ । नेपाल–चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै आएका स्थानीयवासी बेँसी झरेपछि हिल्सानाका अहिले सुनसान बनेको हो ।

यहाँ मङ्सिरको अन्तिम सातादेखि भारी हिमपात र तापक्रम शुन्यमा झरेसँगै चिसो बढी हुने भएकाले कोही बस्न सक्दैनन् । सबै मानिस बेँसी झरेपछि यो क्षेत्रमा अहिले सुनसान छाएको छ ।

उत्तरी हिल्सानाका क्षेत्र आसपासमा अहिले चार फिट हिउँ जमेको छ । हिमपातले हिल्सानाका मात्रै नभएर जिल्लाको टाके, न्यारु, चुवाखोलालगायत उच्च हिमाली भेगमा रहेका सीमामा पर्ने नाकाका बाटाहरु हिउँले बन्द छन् ।

हुम्लीहरुको आयस्रोतको रूपमा हेरिने हिल्सानाका हिमपातले छ महिना बन्द र छ महिना सञ्चालनमा आउने गदर्छ । हुम्लीहरु वैशाखको अन्तिमदेखि काम र व्यापारका सिलसिलामा हिल्लानाका भएर चीनको ताक्लाका जाने गर्दछन् ।

हिल्सानाकामा स्थानीयवासीले होटल, पसल व्यवसायसमेत गर्ने गर्दछन् । चीनको सीमानाका हिल्सामा मात्रै ४० होटल तथा पसल रहेको कैलाश होटलका सञ्चालक कार्मा तुन्डुप लामाले बताए ।

हिउँ पर्न थालेपछि होटल कुरुवा एक जना रहेको अन्य सबै कामदार र होटल मालिक कोही शहर त कोही बेँसीतिर झरेको उनले बताए ।

वैशाखको अन्तिम र जेठ पहिलो सातादेखि कैलाश मानसरोवर दर्शनका लागि जाने विदेशी तथा स्वदेशी पर्यटकको मुख्य बाटो पर्ने भएकाले पनि जेठदेखि असोजसम्म यहाँ रहेका होटल तथा पसल भरिभराउ हुने गर्दछन् ।

चिसो बढेपछि प्रहरी चौकी पनि सारियो

अत्यधिक हिमपात भएर चिसो बढी हुने भएकाले सिमानाकामा रहेका प्रहरी चौकी सदरमुकाम सिमकोट सारिएका छन् । सदरमुकाम सिमकोटभन्दा बढी हिमपात हुने भएकाले प्रहरी चौकीमा कार्यरत प्रहरीले चिसो खप्न नसकी वर्षेनी हिउँदको समय छ महिना सिमकोट सारिने गरेको जिल्ला प्रहरी कार्यलय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले जानकारी दिए ।

यस्तै हिस्सामा रहेको भन्सार कार्यालयमा रहेका कर्मचारी पनि बेँसीतिर झरेका छन् । करीब आठ वर्षपछि हुम्लामा मङ्सिर महिनामै अत्यधिक हिमपात भएकाले जिल्लामा चिसो बढेको छ ।

पुस, माघ, फागुन तीन महिनामात्रै हिमपात हुने भएता पनि यो वर्ष मङ्सिरै भारी हिमपात हुँदा उत्तरी क्षेत्रका बस्तीको जनजीवन थप प्रभावित बनेको छ । यहाँ बिहान–बेलुका बढी चिसो हुनुका साथै तापक्रम माइनस १० डिग्रीमा झरेको छ ।

उत्तरी क्षेत्रमा रहेका तिल, जान, हल्जी, यारीमुचु, याङ्गारलगायतका बस्तीमा मानिसको बसोबास पातलिएको छ । उत्तरी क्षेत्रका मानिस प्रायःजसो हिउँदको समयमा चिसो छल्न र व्यापारको सिलसिलामा तराई–मधेस जाने गर्दछन् । तातो मौसम शुरु भएपछि जिल्ला भित्रने र छिमेकी राष्ट्र तिब्बतमा कामको सिलसिलामा जाने गर्दछन् ।

यस्तै जिल्लाको चङ्खेली गाउँपालिकाको टाकेनाकामा रहेको प्रहरी चौकी पनि चिसो बढेपछि बेँसीतिर झारिएको छ । जिल्लाका उच्च क्षेत्रमा रहेका व्यापारी नाकाबाट आयात हुने मदिराको आयात पनि यो वर्ष ठप्प रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ९ : ४५ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा