आजको मौसम : तराईमा बाक्लो हुस्सु, हिमाली क्षेत्रमा हिमपात « Khabarhub

आजको मौसम : तराईमा बाक्लो हुस्सु, हिमाली क्षेत्रमा हिमपात


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज बिहानैदेखि चिसो बढेको छ । तराईंका जिल्लामा बाक्लो हुस्सु लागेको छ भने हिमाली क्षेत्रमा हिमपात भएको छ । पहाडी क्षेत्रमा पनि चिसो सिरेटो चलेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकि भू-भागमा सामान्यतया सफा मौसम छ। तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

पश्चिम तराईमा अहिले बाक्लो हुस्सु र कुहिरो लागेको छ । यो दिउँसोसम्ममा हट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै मध्य तथा पूर्वी तराईको बाक्लो हुस्सु र कुहिरो पनि दिउँसो हट्ने छ । आगामी २४ घण्टा सम्म तराईका भु-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरो रहेकोले राम्रो सँग घाम नलाग्ने हुँदा तापक्रममा गिरावट आई चिसो नै रहने देखिएको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस ८ गते (मंगलबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ।

पुस ९ गते (बुधबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ।

राति : देशभर सामान्यतया मौसम सफा रहनेछ।

पुस १० गते (बिहिबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ९ : ५५ बजे

विष्णु पौडेलको रिहापछि अदालतप्रति रास्वपा सांसद यज्ञमणिको आक्रोश– ‘निर्मम समीक्षा गर्ने बेला भयो’

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष

वीरगन्ज भन्सारद्वारा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ– वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८२–८३ मा

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज