चीनमा सम्पन्न ‘अल्ट्रा ट्रेल दौड’मा नेपालकी रशिलाले जितिन् स्वर्ण « Khabarhub

चीनमा सम्पन्न ‘अल्ट्रा ट्रेल दौड’मा नेपालकी रशिलाले जितिन् स्वर्ण


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको कुनिम प्रान्तमा भएको ५० किलो मिटर अल्ट्रा ट्रेल दौड प्रतियोगिताको उपाधि नेपालकी रशिला तामाङले जितेकी छिन्।

जीओजी माउन्टेन क्रसिङ टाइटलको उक्त दौड प्रतियोगिता दुई हजार मिटर उचाईको कुनिम शहरबाट सुरु भएर ४ हजार २ सय सम्मको २१ राष्ट्रका सयौं धावक तथा धाविकाहरुलाई पछि पार्दै महिलातर्फ प्रथम बनेकी रशिला तामाङले नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक हात पारेकी छिन् ।

रशिलासँगै ३ सय ३७ महिला तथा पुरुष धावक धाविका दौडमा उत्रिएका थिए। उनले निर्धारित दुरी ८ घण्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गरिन्। रशिला समग्रमा छैटौं तथा महिलातर्फ प्रथम भएकी हुन्।

धाविका रशिलाले साता दिन अघि मात्रै ४२ किलोमिटर एभरेस्ट म्याराथनको उपाधि जितेकी थिइन्। महिला पुरुष माउन्टेन क्रसिङको ट्रेल दौडको उपाधि भने चाइनाका धावक यान लुङ फेइले जिते।

प्रतियोगितामा नेपालका दुर्गाराज बुढा दोस्रो र दामोदर बुढा मगर तेस्रो बनेका थिए। विश्वमा आकर्षक अल्ट्रा ट्रैल दौडको मोह नेपाली धावकहरुमा बड्दो छ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ८ : ०२ बजे

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको