विवादमा फस्यो ‘छपाक’, लाग्यो चोरीको आरोप « Khabarhub

विवादमा फस्यो ‘छपाक’, लाग्यो चोरीको आरोप


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दीपिका पादुकोण स्टारर मेघना गुलजारको फिल्म ‘छपाक’ रिलिजअघि नै विवादमा फसेको छ ।

यो फिल्ममा एक लेखकले कथा चोरी गरेको आरोप लगाएका छन् । आरोपसँगै यो फिल्म अब अदालतमा पुगेको छ ।

राकेश भारती नामका एक लेखकले अदालतमा याचिका दायर गरेका हुन् । उनको माग फिल्मको कहानीमा आफूलाई पनि क्रेडिट दिनुपर्ने रहेको छ ।

अदालत जानुअघि लेखकले निर्माता र कलाकारलाई समेत भेटेका थिए । उनी फक्स स्टार स्टुडियोमा पनि पुगेका थिए ।

राकेश भारतीका वकिलका अनुसार ‘छपाक’ का निर्माण गरिरहेको निर्माण कम्पनीलाई पछि मात्र थाहा भयो कि, उनको यो फिल्मसँग मिल्दोजुल्दो फिल्म मेघना गुलजारले बनाइरहेकी छिन् ।

उजुरीकर्ता भारतीले जबसम्म आफ्नो नाम फिल्मको क्रेडिट हुँदैन, तबसम्म यो फिल्म प्रदर्शन हुन नदिन अपिल गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ११ : ४९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी