चिनियाँ राजदूतको ट्वीटर ‘डिप्लोमेसी’– फलोअर्स बढाउन पुरस्कारको लोभ ! « Khabarhub

चिनियाँ राजदूतको ट्वीटर ‘डिप्लोमेसी’– फलोअर्स बढाउन पुरस्कारको लोभ !


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माइक्रो ब्लगिङ साइट ट्वीटर चलाउन चालेको धेरै भएको छैन । गत असारको पहिलो साता मात्रै राजदूत यान्छीले आफ्नो ट्वीटर अकाउन्ट खोलेकी थिइन् ।

ट्वीटरमा  समयसामयिक विषयमा अपडेट गरिरहेकी राजदूत यान्छीले अब भने आफ्ना फलोअर्स बढाउने नयाँ काइदा थालेकी छन् ।

उनले ट्वीटरमा आफ्ना फलोअर्स बढाउनका लागि आफूलाई फलो गर्ने, आफ्ना ट्वीटहरुलाई रिट्वीट गर्ने, कमन्टे गर्ने तथा अन्य साथीहरुलाई ट्याग गर्ने व्यक्तिलाई पुरस्कार नै दिने घोषणा गरेकी छन् ।

आफूलाई फलो गर्ने, आफ्ना ट्वीटहरुलाई रिट्वीट गर्ने, कमन्टे गर्ने तथा अन्य साथीहरुलाई ट्याग गर्ने व्यक्तिमध्ये उत्कृष्ट ५ जनालाई काठमाडौं, पोखरा र लुम्बिनीमा हुने चिनियाँ चलचित्र महोत्सवको २–२ वटा टिकट उपहार दिने राजदूत यान्छीको भनाइ छ ।

चिनियाँ राजदूत यान्छीले ट्वीटरमा भनेकी छन्– चिनियाँ चलचित्र महोत्सवको उद्घाटन समारोह २७ डिसेम्बरमा काठमाडौंमा हुँदैछ । मलाई फलो गर्नुहोस्, यो पोस्ट रिट्वीट गर्नुहोस्, एकजना साथीलाई ट्याग गरी कमेन्ट गर्नुहोस् ।

राजदूत यान्छीले आफ्नो यस्तो योजना डिसेम्बर २६ तारिखको बिहान १२ बजेसम्मका लागि मात्रै भएको पनि बताएकी छन् ।

आफ्नो घोषणामा सहभागी हुने ट्वीटर प्रयोगकर्तामध्ये सबैभन्दा धेरै लाइकका आधारमा उत्कृष्ट ५ जनालाई पुरुस्कार दिइने पनि उनको भनाइ छ ।

राजदूत यान्छीलाई हाल (समाचार तयार पार्दा)सम्म ९ हजार ७ सय ८६ ट्वीटर प्रयोगकर्ताहरुले पछ्याएका छन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १२ : १३ बजे

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको

उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक

यी हुन् ६ वटा दलका ११० जना समानुपातिक सांसद

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न ६ वटा दलबाट

पहिलो ‘ट्रान्सजेन्डर महिला सांसद’ भूमिकालाई सम्मान

काठमाडौं– ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तर्फबाट

८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म नेपालमा