नियम मिचेर गर्भपतन गराउँदै निजी स्वास्थ्य संस्था « Khabarhub

नियम मिचेर गर्भपतन गराउँदै निजी स्वास्थ्य संस्था


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्धिखर्क– अर्घाखाँचीमा असुरक्षित गर्भपतन बढिरहेको देखिएको छ । नेपाल सरकारको सूचीकृत संस्थाबाट मात्र गर्भपतन सेवा दिनुपर्ने भए पनि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेका निजी स्वास्थ्य संस्थाहरुले नियम मिचेर गर्भपतनको सेवा दिइरहेका पाइएको हो ।

सन्धिखर्क नगरपालिकाले मेडिकल, पोलिक्लिनिक र फार्मेसीमा अनुगमन गर्दा नियमविपरीत कार्य सञ्चालन गरेको भेटिएको हो । नियमविपरीत मेडिकल र पोलिक्लिनिकले गर्भपतन सेवा दिने, बेच्न नहुने औषधि बिक्री गर्ने भेटिएको अर्घाखाँची अस्पतालका डा कपिल गौतमले बताए । मेडिकलमा गएर गर्भपतनको औषधि खाने र रक्तश्राव भएपछि मात्र सफा गर्न अस्पताल आउने गरेको उनले बताए ।

अर्घाखाँची अस्पतालमा निःशुल्क सुरक्षित गर्भपतनको सेवा भए पनि महिला निजी मेडिकलमा गएर गर्भपतन गराउन औषधि सेवन गर्ने गरेको पाइएको छ । साउन, भदौ र असोज गरी तीन महिनामा अर्घाखाँची अस्पतालमा गर्भपतन गराएका ५६ मध्ये ३६ जना मेडिकलको औषधि सेवन गरेर सफा नभएपछि मात्र जिल्ला अस्पताल गएका छन् ।

मेडिकलमा अवैधानिक तवरबाट औषधि खाने र रक्तश्राव नरोकिएर शरीरमा रगत सकिएपछि मात्र आउने गर्नेको सङ्ख्या अधिक रहेको डा गौतमले बताए । त्यस्ता महिलाको ज्यानैसमेत जोखिममा हुने गरेको छ ।

स्वास्थ्यको सेवा र प्रदान गरिने सेवाको मूल्यसूची राख्नुपर्ने भए पनि मूल्यसूची नराखिएको, अर्कैको नाममा रहेको मेडिकल सञ्चालन गरेको, लाइसेन्सधारी व्यक्ति नभएर अर्कैले औषधि बेच्ने गरेको, फार्मेसी पास गरेकाले मात्र औषधि बेच्नुपर्ने नियम भए पनि सबै स्वास्थ्यकर्मीले औषधि बेच्ने गरेको भेटिएको सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पूर्ण पराजुलीले बताए ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १ : १७ बजे

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित

काठमाडौं– ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन