कागतीमा हुन्छन् यस्ता औषधीय गुण « Khabarhub

कागतीमा हुन्छन् यस्ता औषधीय गुण


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कागती अमिलो र सदाबहार पाइने फल हो । कागतीलाई औषधिउपचारको रुपमा पनि प्रयोग गरिन्छ । कागतीमा हुने भिटामिन ‘सी’ ले शरीरलाई स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । आज हामी तपाइलाई कागतीको औषधिय गुणको विषयमा जानकारी दिदै छौं ।

कपालमा कागतीको प्रयोग

कपालका लागि कागतीको प्रयोग लाभदायी मानिन्छ । कपला झरेमा, कपाल फुल्ने समस्या भएमा कपालमा चाया तथा जुम्रा परेमा कागतीको रसमा अमलाको धुलो मिलाएर कपाल धुनुपर्छ । यसले तपाईको कपालमा हुने समस्या हटाएर सुन्दर बनाउन सहयोग पुर्‍याउँछ ।

डण्डिफोर हटाउन

कागती डण्डिफोरका आउने समस्या भएका व्यक्तिका लागि उपयुक्त हुन्छ । यदि तपाईको अनुहारमा डण्डिफोर आउने समस्या छ भने कागतीको रसलाई एक महिनासम्म प्रयोग गर्नुस् तपाईको डण्डिफोर आउने समस्या हटाएर अनुहार चम्किलो हुन्छ ।

पेट रोग

पेटमा कुनै समस्या भएमा कागतीको रसमा मरिच, धनिया तथा भुटेको जिरा मिलाएर सेवन गर्दा राम्रो हुन्छ ।

शरीरमा एलर्जी भएमा

शरीर चिलाउने समस्या वा एलर्जी छ भने नरिवलको तेलमा कागतीको रस मिसाएर लगाउनुस् । शरीर चिलाउने समस्या ठिक हुन्छ ।

स्वादिष्ट खाना

खाना तथा तरकारी वा अचार वा सलादमा कागतीको रस प्रयोग गर्नुस् । तपाईले खाने तरकारी तथा सलाद स्वादिष्ठ बन्छ ।

शरीरको तौल नियन्त्रण

तोतोपानीमा कागती मिसाएर नियमित रुपमा सेवा गर्दा तौल घट्न सक्छ । त्यसैले मोटोपना भएका व्यक्तिले तातोपानीमा कागती मिसाएर खानु उपयुक्त हुन्छ । मनतातो पानीमा कागतीसँगै मह पनि मिसाएर पीउनुभयो भने सहजै तौल घटाउन सकिन्छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ६ : २७ बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान