प्रदेश ३ सरकारले आठ स्थानमा ‘हिल स्टेसन’ बनाउने « Khabarhub

प्रदेश ३ सरकारले आठ स्थानमा ‘हिल स्टेसन’ बनाउने


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पर्यटकीय क्षेत्र पहिचानसहित पर्यटन विकासको नयाँ परिकल्पनासहित प्रदेश ३ सरकारले आठ स्थानमा हिल स्टेसन बनाउने भएको छ ।

प्रदेश सरकारले आव २०७६/७७ मा सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, धादिङको रुबी भ्याली, मकवानपुरको चित्लाङ, रामेछापको शिवालय, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको ककनी र रसुवाको सोम्दाङलाई हिल स्टेसनका रूपमा विकास गर्न लागेको हो ।

प्रदेश सरकारले घोषणा गरेको भ्रमण दशक २०२० देखि २०३० अन्तर्गत यसलाई ड्रिम प्रोजेक्टका रूपमा लिएको छ । प्रदेशले यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ २० करोड रुपैयाँ छुट्याएको छ ।

यसैगरी, तीन स्थानको ठेक्का सम्झौता भएको, दुई स्थानको ठेक्का प्रक्रिया रहेको, तीन स्थानको डीपीआर अन्तिम चरणमा पुगेको प्रदेश ३ को उद्योग वन तथा पर्यटन मन्त्रालयका पर्यटन आयोजना प्रमुख शिव सापकोटाले बताए ।

हिल स्टेसन निर्माण गर्न प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आव २०७५/७६ मा नै ५ करोड रुपैयाँ रकम विनियोजन गरे पनि काम सुरु हुन सकेको थिएन । तर, हिल स्टेसन मल्टिपर्पोज हुनेगरी निर्माण गर्न प्रदेश ३ को पर्यटन मन्त्रालयले डिजाइन तयार गरी काम गर्न सुरु भइसकेको आयोजना प्रमुख सापकोटाले जानकारी दिएका छन् ।

पर्यटकहरूका लागि गर्मी छल्न जाने स्थानका रूपमा हिल स्टेसन बन्नेछ । हिल स्टेसनमा बगैंचा, भ्यु टावर, कोसेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्टलगायतका भौतिक संरचना निर्माण गरिने योजना छ ।

हिल स्टेसनमा रिसोर्ट चलाउन चाहनेलाई सार्वजनिक जग्गा उपलब्ध गराइने सापकोटाको भनाइ छ । निजी रिसोर्ट नभएका र सञ्चालन गर्न नसकिने स्थानमा होमस्टे निर्माण गर्ने योजना रहेको उनले बताए । गर्मी छल्नका लागि पुग्ने पर्यटक केही समय आनन्दले रमाउन सक्नेगरी हिल स्टेसन बन्नेछ ।

सिन्धुपाल्चोकको मुडे र सिन्धुलीको सिन्धुलीगढीमा बन्ने हिल स्टेसनका लागि डीपीआर तयार भइसकेको तर ठेक्का सम्झौता हुन बाँकी रहेको आयोजना प्रमुख सापकोटाले बताए । दोलखाको जिरीलाई बहुवर्षीय योजनामा राखिएको, धादिङको रुबी भ्याली, रामेछापको शिवालय र रसुवाको सोम्दाङको डीपीआर तयार हुँदै गरेको सापकोटाले जानकारी दिए ।

प्रदेश सरकारले प्रदेशलाई पर्यटनको हब बनाउने लक्ष्यका साथ विभिन्न जिल्लामा आयोजनामार्फत पर्यटकीय पार्क निर्माण, भ्यु टावर, पर्यटकीय पदमार्ग निर्माण, बगैंचा, पार्किङ स्थल, पदमार्गको स्तरोन्नति, धार्मिक पर्यटकीय सर्किट निर्माण, तातोपानी क्षेत्रको संरक्षणलगायत कार्यको डीपीआर तयार भएर धेरै स्थानमा काम सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ८ : १४ बजे

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको