चौथो दिन बक्स अफिसमा कस्तो रह्यो ‘दबंग ३’ को कमाइ? | Khabarhub Khabarhub

चौथो दिन बक्स अफिसमा कस्तो रह्यो ‘दबंग ३’ को कमाइ?


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘दबंग ३’ को रिलिजअघि चर्चा थियो । तर, यो फिल्म रिलिजपछि भने सोचेअनुरुप कमाइ गर्न सकेको छैन ।

पहिलो दिन राम्रो कमाइ गरेको फिल्मले चौथो दिनसम्म आइपुग्दा यसको आम्दानीमा व्यापक गिरावट आएको छ ।

पहिलो दिनको कमाइले धेरैले यो फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गर्ने आँकलन गरिएको थियो । तर, विकेन्डपछि सोमवार फिल्मको कमाइ कम भयो ।

प्रभुदेवाले निर्देशन गरेको यो फिल्ममा सोनाक्षी सिन्हा, डिम्पल कपाडिया, सई माजरेकर, अरबाज खान, सुदीप किच्चा लगायतका कलाकारको शीर्ष भूमिका छ ।

फिल्मले ओपनिङमा २३ करोड भारतीय रुपैयाँ कमाएको थियो । दोस्रो दिन फिल्मको कमाइ २२ करोड थियो भने तेस्रो दिन २८ करोड कमाइ गरेको थियो ।

यता फिल्मले चौथो दिनमा भने जम्मा ९ करोड २५ लाख रुपैयाँ कमाइ गरेको छ । फिल्मले ४ दिनमा ८२ करोड २५ लाख भारतीय रुपैयाँ कमाएको छ ।

सलमान खानको एक्सन अवतार धेरैले मन पराए पनि फिल्मको कथालाई लिएर धेरैले विरोध जनाएका थिए । यो फिल्मले बक्स अफिसमा ३ सय करोड कमाउने पूर्वसमीक्षा गरिएको थियो ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १२ : ११ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने

ताप्लेजुङको ढङ्ढङ्गे झरना ओझेलमा

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझै

काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काभ्रे– काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । काभ्रेका

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको