राउतसँग सहमति गरेपछि मान्छेहरु रिसाएका छन्, छटपटाएका छन्– प्रधानमन्त्री (भिडियो सहित) « Khabarhub

राउतसँग सहमति गरेपछि मान्छेहरु रिसाएका छन्, छटपटाएका छन्– प्रधानमन्त्री (भिडियो सहित)


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राज्यको माग गरेर हिँडेको समूह देशको भौगोलिक अखण्डतालाई स्वीकार गर्दै मूल धारको राजनीतिमा आउनु ठूलो उपलव्धि भएको बताएका छन् ।

आइतबार किसान आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अब देशमा राजनीतिक आन्दोलनका चरणहरु सकिएको बताए ।

सीके राउतले विखण्डनको कुरा छोडेर सरकारसँग गरेको सहमति केहीलाई चित्त नबुझेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘अब कुनै पृथकतावाद छैन, समूह संगठन छैन नेपालमा, यद्दपी केही मान्छे कुनाकाप्चामा त्यसबाट छटपटाएका छन् परोलिएका छन् । विरालो रिसायो भने खाबो चिथोर्छ भने जस्तै’ प्रधानमन्त्री ओलीले भने,‘पृथकतावाद छोडेर मूलधारमा आउनु र त्यसरी ल्याउनु सकारात्मक र सफता होइन भने के हो त सफलता ?’

सम्झौता गर्ने राउतले देशको अखण्डता स्वीकार गरिसकेको बताउँदै ओलीले भने,‘भन्नेले भनिरहेको छ फेरि पनि शंका !’

शंका, षड्यन्त्र, धोका जस्ता कुराहरुमाथिग आफ्नो विश्वास नभएको ओलीको भनाइ थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १२ : ११ बजे

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत