सदन र सडकमा जाने बाटो खुला भयो- डा भट्टराई « Khabarhub

सदन र सडकमा जाने बाटो खुला भयो- डा भट्टराई


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीको सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै अब पार्टीलाई सदन र सडकमा जाने बाटो खुला भएको बताएका छन् ।

सरकारबाट मुद्दा स्थापित गर्ने प्रयास असफल भएकाले सशक्त प्रतिपक्षको रुपमा उभिएर अब सडक र सदनबाट जनताको अधिकार स्थापित गराउन सक्रिय हुने उनले बताए ।

अहिलेको सरकारले समाजवादी पार्टीलाई सडकमा जान बाध्य पारेको दाबी गर्दै उनले पार्टीले सकारात्मक र सक्रिय प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । उनले संविधान संशोधनको विकल्प नरहेको समेत उल्लेख गरे ।

सरकारलाई समर्थन फिर्ता गरेपछि आज सिंहदरबारमा पार्टीको आगामी योजनाबारे पत्रकारलाई जानकारी गराउँदै अध्यक्ष डा भट्टराईले माओवादी पार्टीमा रहँदादेखि नै अपूर्ण संविधानलाई पूर्णता दिनुपर्छ भनेर आफूले बोलेको स्मरण गर्दै पहिचानमा आधारित सङ्घीयता आवश्यक हुनेमा जोड दिए ।

डा भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रणाली आजको आवश्यकता रहेको बताए । पत्रकारले सोधेको एक जिज्ञासामा उनले राजनीतिक अस्थिरताको अगुवाइ गर्ने डा बाबुराम भट्टराई हो भनेर कसैले भन्यो भने त्यसमा आफूलाई गर्व लाग्ने बताए ।
“क्रान्ति भनेको अस्थिर ढङ्गले नै हुने हो, क्रान्तिपछि बल्ल स्थिरता आउँछ”, उनले भने ।

सभामुखको विषयमा सोधिएको एक प्रश्नमा डा भट्टराईले प्रतिपक्ष भएपछि विचार मिल्ने र मुद्दा मिल्ने शक्तिसँग मुद्दाको आधारमा सहकार्य गर्नु स्वभाविक भएको तर सभामुखमा पार्टीको तर्फबाट कुनैपनि आकांक्षा नरहेको बताए ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १० : ४५ बजे

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ

हङकङ मुद्दामा अमेरिकी नीतिमा परिवर्तन, संकटकाल नवीकरण नगर्ने निर्णय

वासिङ्टन-  हङकङको राष्ट्रिय सुरक्षा कानुनसँग सम्बन्धित सुरक्षा जोखिमलाई आधार बनाएर सन्

तुलसीपुर उपमहानगरद्वारा १५४ वटा कानुन निर्माण

दाङ- तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरी कार्यान्वयनमा