विशेष चस्मा लगाउँदा पनि नरेन्द्र मोदीले देख्न पाएनन् सूर्य ग्रहण « Khabarhub

विशेष चस्मा लगाउँदा पनि नरेन्द्र मोदीले देख्न पाएनन् सूर्य ग्रहण


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बादलका कारण सूर्य ग्रहण हेर्न नपाएको उल्लेख गरेका छन् ।

विशेष चस्मा प्रयोग गरी सूर्य ग्रहण हेर्ने प्रयास गरेपनि बादलको कारण आफ्नो प्रयास सफल हुन नसकेको मोदीको भनाइ छ ।

बिहीबार लागेको सूर्य ग्रहण अवलोकनका लागि नयाँ दिल्लीस्थित आफ्नो सरकारी आवासको बगैंचामा पुगेका मोदी बादलका कारण ग्रहण हेर्न पाएनन् ।

उनले प्रत्यक्ष रुपमा सूर्य ग्रहण नहेरेपनि केरेलाको कोझिकोडे लगायत देशका विभिन्न भागबाट देखिएको ग्रहण झलक प्रत्यक्ष प्रसारणबाट अवलोकन गर्न पाएको उल्लेख गरेका छन् ।

प्रत्यक्ष रुपमा सूर्य ग्रहण अवलोकन गर्न नपाएपछि मोदीले माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखेका छन्– धेरै भारतीयजस्तै म पनि सूर्य ग्रहणलाई लिएर उत्साहित थिएँ । दुर्भाग्यवश बादलका कारण सूर्यलाई देख्न पाइनँ, तर कोझिकोडे तथा अन्य भागबाट देखिएको ग्रहणको झलक प्रत्यक्ष प्रसारमा हेरेँ । विशेषज्ञहरुसँग कुराकानी गरेर ग्रहणबारेको आफ्नो ज्ञानलाई अझै समृद्ध पारेँ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ११ : ३२ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा