श्वेतपत्र जारी गरेर नेपाल ट्रस्टको सम्पत्ति सार्वजनिक गरिन्छ– उपप्रधानमन्त्री पोखरेल | Khabarhub Khabarhub

श्वेतपत्र जारी गरेर नेपाल ट्रस्टको सम्पत्ति सार्वजनिक गरिन्छ– उपप्रधानमन्त्री पोखरेल


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रस्टको कार्यालय मातहतमा रहेको सम्पूर्ण चल–अचल सम्पत्तिको विवरण सार्वजनिक गर्न श्वेतपत्र जारी गर्ने बताएका छन् ।

बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले ट्रस्टको सम्पत्तिको यथार्थ अवस्थासहित श्वेतपत्र जारी गरिने बताएका हुन् ।

संशोधित कानूनअनुसार प्रधानमन्त्रीबाट ट्रस्टको पदेन अध्यक्ष तोकिएका मन्त्री पोखरेलले नेपाल ट्रस्टको जग्गा तथा भौतिक संरचनाहरु लिजमा लगाउँदा कुनै अनियमितता नभएको पनि दाबी गरे ।

‘कानूनले निर्देशित गरेअनुसार नै सबैले चल्नुपर्ने हुन्छ ।
यी सबै (नेपाल ट्रस्टको सम्पत्ति लिजमा लगाउने) कामहरु पनि कानूनी हिसावले नै सम्पन्न भएका छन् । बाहिर आएका कतिपय कुरा तथ्यसंगत छैनन्,’ मन्त्री पोखरेलले भने, ‘यस सम्बन्धमा सबै व्यवस्थित संकलन गरेपछि सबै सम्पत्तिको यथार्थ स्थिति के हो विधिवत जानकारी गराउँछौं । एउटा स्वेतपत्रको रुपमा हिजो कहिलेदेखि के भयो, कसरी भयो ? अहिलेको स्थिति के हो भन्ने कुरा केही दिन भित्रै व्यवस्थित जानकारी गराउँछौं ।’

स्वर्गीय राजा वीरेन्द्र शाहसति पूर्व राजपरिवारका सदस्यका नाममा रहेको सम्पत्ति नेपाल ट्रस्ट मातहत ल्याइएको थियो । जसअनुसार नेपाल ट्रस्टको नाममा विभिन्न व्यवसायिक प्रतिष्ठान र निजी कम्पनीमा पनि शेयर रहेको मन्त्री पाखरेलले जानकारी दिए ।

‘होटेल अन्नपूर्णदेखि नविल बैंक सम्ममा यसको शेयर लगानी छ,’ मन्त्री पोखरेलले भने ।

नेपाल ट्रस्मा भएका केही कुरालाई जोडेर वर्तमान सरकारले नै गलत गरेको हो भनेर देखाउने खोजिएको भन्दै मन्त्री पाखरेलले असन्तुष्टि जनाए ।

‘यसबीचमा भएका सबै कार्यलाई एकैठाउँमा हालेर यो (सरकार) पनि त्यस्तै हो भनेर हाल्न खोजियो,’ मन्त्री पोखरेलले भने, ‘विद्वान माननीय साथीहरुले पनि सबै यथार्थ बुझ्नुभएन कि भन्ने हामीलाई परेको छ ।’

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  १२ : ०० बजे

टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारी सम्मको यात्रा सम्पन्न

काठमाडौं– सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंदेखि कन्याकुमारीसम्मको केटूके ड्राइभ सम्पन्न गरेका

नेपालको ‘घाम पावर’लाई विश्व जलवायु पुरस्कार

काठमाडौँ – नेपालमा सौर्य ऊर्जाका उपकरण बेचबिखन र जडान गर्ने

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

एजेन्सी– तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल

नोबेल अस्पताल विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु 

काठमाडौं– नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव

चितवन– गत वर्ष यो समयमा रगतको चरम अभाव भएपछि पोखराबाट