तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता « Khabarhub

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका लागि अमेरिकी कम्पनीहरूसँग ४८ वटा सम्झौता तथा साझेदारीमा हस्ताक्षर गरेको छ। इराकका प्रधानमन्त्री अली अल–जैदीको अमेरिका भ्रमणका क्रममा भएका ती सम्झौतामध्ये अधिकांश तेल क्षेत्रसँग सम्बन्धित रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

तेल स्रोतमा धनी भए पनि इराक दशकौँदेखि युद्ध, राजनीतिक अस्थिरता, कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारजस्ता समस्याबाट प्रभावित हुँदै आएको छ। पछिल्लो समय मध्यपूर्वमा जारी द्वन्द्वका कारण तेल निर्यातमा असर परेपछि इराकको राजस्व घटेको छ भने आर्थिक सुधारका लागि तत्काल कदम चाल्नुपर्ने अवस्था सिर्जना भएको छ।

‘इराक र संयुक्त राज्य अमेरिकाका सार्वजनिक तथा निजी क्षेत्रका निकायबीच ४८ वटा सम्झौता, समझदारीपत्र, सहयोग सम्झौता र साझेदारीसम्बन्धी घोषणा भएका छन्,’ प्रधानमन्त्रीको सञ्चार कार्यालयले जनाएको छ।

सम्झौताअन्तर्गत इराकका तेल तथा विद्युत् मन्त्रालय र अमेरिकी कम्पनीहरू एक्सनमोबिल, केबीआर, जीई भेर्नोभा, शेल र ह्यालिबर्टनबीच सहकार्य तथा साझेदारी समावेश छन्।

यसैगरी, इराक र सिरियाबीच कच्चा तेल ढुवानीका लागि मुख्य पाइपलाइन निर्माणसम्बन्धी केही सम्झौता पनि भएका छन्। इराकले स्याटेलाइट सञ्चार सेवा प्रदायक स्टारलिंकसँग देशमा सेवा सञ्चालन गर्ने सम्झौता भएको पनि जनाएको छ।

प्रधानमन्त्री जैदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको भेटका क्रममा ट्रम्पले जैदीको प्रशंसा गर्दै उहाँलाई ‘च्याम्पियन’ को संज्ञा दिएका थिए।

व्यवसायी पृष्ठभूमिका जैदी यसै वर्ष अमेरिकी समर्थनमा सत्तामा आएको बताइएको छ। उनले इराकको कमजोर अर्थतन्त्र सुधार गर्ने तथा अमेरिकी प्रतिष्ठानमाथि आक्रमण गर्दै आएका इरान समर्थित सशस्त्र समूहलाई निशस्त्र पार्ने प्रतिबद्धता जनाए।

इराकले लामो समयदेखि आफ्ना प्रमुख सहयोगी अमेरिका र छिमेकी इरानबीचको प्रतिस्पर्धात्मक प्रभावलाई सन्तुलन गर्दै आएको छ। नयाँ सम्झौताले ऊर्जा क्षेत्रको विस्तारसँगै इराकको आर्थिक पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ४ : ०६ बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६