सरकार उम्कन पाउँदैन– रिजाल « Khabarhub

सरकार उम्कन पाउँदैन– रिजाल


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेका नेता एवम् सांसद मिनेन्द्र रिजालले  सिके राउतसँग गरिएको सहमतिका केही बुँदामा सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता रिजालले सिके राउतले मधेश आन्दोलनको क्रममा जनमत सङ्ग्रहमा सरकार सहमत भएको भन्ने विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै सहमतिको बुँदा नम्बर २ मा आशंका रहेको बताए । साथै उनले यस विषयमा सरकारले उत्तर नदिइकन उम्कन नपाउने पनि बताए ।

‘नेपालको स‌ंविधानले भनेझैँ नेपाल अविभाज्य हो, भौगोलिक अखण्डतामा जनमत सङ्ग्रह हुन सक्दैन तर त्यसमा जनमत सङ्ग्रह गराउने सहमति भएको छ भनेर सिके राउत भन्नुहुन्छ,’ नेता रिजालले भने, ‘यसको उत्तर नदिइकन सरकार उम्कन पाउँदैन ।’

रिजालले नेपालको अर्थतन्त्रमा कुनै सुधार नभएकोमा सरकारको ध्यानाकर्षण गराए । साथै उनले प्रतिपक्षी सरकार पनि नेपालको अर्थतन्त्र विकासमा साथ दिने बताए ।

उनले ‘तारा हैन, जुनै झारिदिउँला’ र ‘ठट्टैमा जान लाग्यो यो जोवन’ भन्दै सरकारको व्यङ्ग्य गरे ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १ : ५६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी