कृषि विकास बैंक र राष्ट्रिय कृषक समूहबीच कर्जासम्बन्धी सम्झौता « Khabarhub

कृषि विकास बैंक र राष्ट्रिय कृषक समूहबीच कर्जासम्बन्धी सम्झौता


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंक र राष्ट्रिय कृषक समूह महासंघ नेपालबीच कर्जा कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले हस्ताक्षर गरेका हुन् ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायका अनुसार राष्ट्रिय कृषक समूह महासंघ नेपालसँग गरिएको यस प्रकारको सम्झौताले नेपालको ग्रामिण क्षेत्रहरुमा रहेका कृषक समूह तथा कृषि सहकारीमा आबद्ध विशेष गरी सिमान्तकृत, भूमीहिन तथा महिला कृषकहरुलाई कृषि तथा पशुपालन परियोजना संचालनका लागि बैंकले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने गरेको छ ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतका अनुसार बैंकसँग गरिएको सम्झौताबाट दूरदराजमा रहेका उपेक्षित गरीब कृषकहरुलाई बैंकको सहुलियतपूर्ण कर्जाको माध्यमबाट उनीहरुको आर्थिक स्तर माथि उठाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरे ।

बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार बैंकले राष्ट्रिय कृषक समूह महासंघ नेपालमा आबद्ध देशका ५७ जिल्लाका करिब ५ हजार २ सय कृषक समुह तथा सहकारीका १ लाख कृषकहरुलाई कृषि तथा पशुसँग सम्बन्धित परियोजना संचालन गर्न आवश्यक पर्ने कर्जा उपलब्ध गराउने बताएका छन् ।

महासंघको सिफारिसमा स्थानीय कृषकहरुलाई आवश्यकता अनुसार सहुलियतपूर्ण कर्जाका अतिरिक्त उद्यमशीलता विकासका लागि तालिम, बाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न कार्यक्रम संचालन समेत गर्ने छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : १५ बजे

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ

हङकङ मुद्दामा अमेरिकी नीतिमा परिवर्तन, संकटकाल नवीकरण नगर्ने निर्णय

वासिङ्टन-  हङकङको राष्ट्रिय सुरक्षा कानुनसँग सम्बन्धित सुरक्षा जोखिमलाई आधार बनाएर सन्