अनुहारमा सँधै चमक ल्याउन यसरी बनाउनुस् घरायसी प्याक « Khabarhub

अनुहारमा सँधै चमक ल्याउन यसरी बनाउनुस् घरायसी प्याक


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अनुहार फुस्रो हुने, चाया आउने, फुट्नेजस्ता समस्याले आम व्यक्तिलाई सताउने गर्छ ।

यस्तो समस्याको सिकार महिला तथा पुरुष दुवै हुने गरेको पाइन्छ । यस्ता समस्याबाट छुटकार पाउनका लागि घरयसी सामाग्रीहरुबाट सजिलो प्याक बनाउन सकिन्छ ।

प्याक १ सामग्री

एक चम्चा काँचो दूध ।
आधा चम्चा कागतीको रस ।
आधा चम्चा गोलभेँडाको रस ।
थोरै पाउरोटीको सेतो भाग ।

बनाउने विधि

दूध, कागती र गोलभेँडाको रस आपसमा मिसाएर घोल्नुहोस् । यसमा आवश्यकताअनुसार थोरै पाउरोटीको सेतो भाग मिसाएर पेस्ट तयार गर्नुहोस् । पाँच मिनेटमै प्याक अनुहारमा लगाउन तयार हुन्छ ।

लगाउने तरिका

रातिको समयमा प्याक लगाउनु उत्तम हुन्छ । प्याक लगाएर २० मिनेटपछि चिसो पानीले अनुहार हल्कासँग पखाल्नुहोस् । यो प्याक नियमित प्रयोग गर्दा अनुहारको चाया, डेड सेललगायत सबै फोहोर हट्छ । अनुहारमा चमक ल्याउँछ ।

प्याक २ सामग्री

दुई–तीन पत्ता कालो तुलसी ।
तीन–चार थोपा कागतीको रस ।
दुई थोपा मह ।
बनाउने विधि
तुलसीको पातलाई राम्रोसँग पिस्नुहोस् । यसमा मह र कागतीको रस मिसाएर पेस्ट तयार पार्नुहोस् ।

लगाउने तरिका

प्याक बनाएपछि राति सुत्नुअघि पूरै अनुहारमा लगाउनुहोस् । समस्या भएको स्थानमा केही बढी लगाउन सकिन्छ । बढीमा आधा घन्टा अनुहारमा राखेपछि चिसो पानीले भिजाउँदै प्याक सफा गर्नुहोस् । हरेक दिन यो प्याक प्रयोग गर्दा अनुहारको अनावश्यक फोहोर हटेर चमक आउन थाल्छ ।

प्याक ३ सामग्री

ठूलो एक चम्चा मुंग दालको पाउडर ।
सानो एक चम्चा दही ।
एक–एक चम्चा अन्डाको सेतो र पहेँलो भाग ।
आधा चम्चा मह ।
एक चिम्टी बेसार ।
आधा भाग कागतीको रस ।

बनाउने विधि

सबै सामग्रीलाई एउटा भाँडोमा राखेर राम्रोसँग फिट्नुहोस् र प्याक तयार पार्नुहोस् ।

लगाउने तरिका

प्याकलाई अनुहारमा लगाउनुहोस् र हल्का मसाज गरेर आधा घन्टासम्म छाडिदिनुहोस् । आधा घन्टापछि चिसो पानीले हल्का भिजाउँदै पखाल्नुहोस् । बेसारको मिश्रणमा बनेको यो प्याक नियमित लगाउँदा खासगरी चायापीडितलाई निकै राहत मिल्छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : ४३ बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान