युट्युबमा रुचाइएको हो सुरक्षा र विपिनको ‘गोपी’? « Khabarhub

युट्युबमा रुचाइएको हो सुरक्षा र विपिनको ‘गोपी’?


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलमा व्यावसायिक रुपमा खासै कमाल गर्न नसकेको दीपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’ रिलिजको ३ दिनमा युट्युबको नेपाल ट्रेन्डिङमा पहिलो नम्बरमा परेको छ ।

यो समाचार तयार पार्दासम्म १२ लाखभन्दा बढीले फिल्म हेरेका छन् । धेरैले फिल्म मन परेको पनि प्रतिक्रिया दिएका छन् ।

विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म एक गाई पाल्ने किसानको कथामा आधारित छ ।

फिल्ममा विपिन कार्कीको केन्द्रीय भूमिका छ । नेपालमा कृषि क्षेत्रमा देखिएका समस्या पनि फिल्मको माध्यमबाट देखाइएको छ ।

दीपेन्द्र लामाकै कथा रहेको यो फिल्मलाई सामीप्यराज तिमल्सेनाले स्किृप्टमा ढालेका हुन् भने शैलेन्द्र डी. कार्कीले खिचेका हुन् ।

आरोही केसीले निर्माण गरेको फिल्ममा श्रीधर पौडेल सह–निर्माता छन् ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ५ : ११ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट