छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु « Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा – छुट्टाछुट्टै दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ राजगढका ६२ वर्षीय चुनु हेमरम र शिवसताक्षी–८ डुडामारीका ४९ वर्षीय महेन्द्र भट्टराई रहेका छन् ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ४ ख २०३६ नं को ट्रकले सडक पार गरिरहेका हेमरमलाई आज ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट हेमरमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा राखिएको छ ।

यसैगरी पूर्व–पश्चिम राजमार्गको कमल गाउँपालिका–५ पाडाजुगीमा शनिबार राति सडक किनारमा रोकिराखेको कारमा मोटरसाइकल ठोक्किँदा महेन्द्र भट्टराईको मृत्यु भएको हो । प्रहरीका अनुसार सडक किनारमा रोकिराखेको बा १३ च ७५२७ नं को कारमा मे ९ प २९८८ नं को मोटरसाइकल ठोक्किँदा शिवसताक्षी–८ डुडामारीका ४९ वर्षीय महेन्द्र भट्टराईको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकल कारमा ठोक्किँदा भट्टराईसँगै मोटरसाइकल चालक सोही ठाउँका कुमार गिरी घाइते भएका थिए । घाइते गिरीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  २ : ४६ बजे

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी

वागमती– सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,