देशभर चिसो बढ्दै, आज काठमाडौंको न्युनतम तापक्रम १.५ डिग्री सेल्सियस « Khabarhub

देशभर चिसो बढ्दै, आज काठमाडौंको न्युनतम तापक्रम १.५ डिग्री सेल्सियस


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर चिसो बढेको छ । देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका मध्य तथा पश्चिमी भूभागहरुमा बाक्लो हुस्सुर कुहिरो लाग्ने मौसमविदले बताएका छन् । राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आई चिसो बढ्ने देखिएको मौसमविदको भनाई छ ।

चिसोबाट बच्ने उपायहरु अपनाउनुका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न र सतर्कता अपनाउन मौसमविदले आग्रह गेका छन् ।

काठमाडौँ उपत्यकाको हिजो (बिहीबार) यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको थियो । बिहीबार बिहान काठमाडौँको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस मापन भएको थियो ।

आज (शुक्रबार) बिहान पनि काठमाडौँ उपत्याकाको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस मापन भएको मौसमविद विभूति पोखरेलले जानकारी दिइन् । उनका अनुसार आजको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेलिस्यससम्म पुग्ने अनुमान गरिएको छ ।

यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

पुस ११ गते (शुक्रबार )

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पुस १२ गते (शनिबार)

दिउँसो : देशका पूर्वी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पुस १३ गते (आइतबार)

दिउँसो : देशभर मौसम सामान्यतया मौसम सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया मौसम सफा रहनेछ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ५७ बजे

बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक

काठमाडौं महानगरको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा

काठमाडौं – नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय