गृहमन्त्री थापा र साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता « Khabarhub

गृहमन्त्री थापा र साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैद सुलेमान एम. अल मर्वानीले आज शिष्टाचार भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित भएर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपाल र साउदी अरबियाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै राजदूत मर्वानीको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

उनले साउदी अरेबियामा ठूलो सङ्ख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको तथा त्यहाँ कतिपय नेपालीहरु समस्यामा समेत पर्ने गरेको भन्दै उनीहरुको समस्या समाधानमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गरे ।

गृहमन्त्री थापाले नेपालबाट साउदी अरेबियामा हजका लागि जाने हाजिहरुको सङ्ख्या गत वर्ष तीन सय थप गरिदिएकोमा राजदूत मर्वानीमार्फत साउदी सरकारलाई धन्यवाद दिँदै सो सङ्ख्या अझ थप गर्न आग्रह गरे ।

भेटमा राजदूतले मर्वानीले रोजगारीको सिलसिलामा हाल तीन लाखभन्दा बढी नेपाली साउदी अरेबियामा रहेको जानकारी दिँदै साउदीको विकासमा नेपालीहरुको विशेष योगदान रहेको चर्चा गरे ।

साउदीमा रहेका नेपालीहरुको समस्या समाधान गर्न आफूहरु गम्भीर रहेको बताउँदै उनले नेपालबाट साउदीमा हज गर्न जानेहरुको सङ्ख्या बढाउनसमेत आफूले पहल गर्ने विश्वास दिलाए ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ६ : ५७ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन