भारी वर्षाको जोखिमपछि हेटौँडा–काठमाडौँ रात्रिकालीन सवारी बन्द « Khabarhub

भारी वर्षाको जोखिमपछि हेटौँडा–काठमाडौँ रात्रिकालीन सवारी बन्द


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ।

भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको हो ।

प्रहरीका अनुसार हेटौँडा–देउराली–कुलेखानी–फर्पिङ सडकखण्डमा शनिबार राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।

त्यस्तै, कान्तिलोकपथ हुँदै जाने सवारीलाई शनिबार साँझ ६ बजेदेखि हेटौँडाको चौघडा बजारमा रोकिएको छ।

बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले प्रशासनले यात्रु तथा चालकलाई अनावश्यक यात्रा नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ८ : ०७ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट