सलमान खानको जन्मदिन पार्टीमा पुगे शाहरुख खान, अरु को को गए ? | Khabarhub Khabarhub

सलमान खानको जन्मदिन पार्टीमा पुगे शाहरुख खान, अरु को को गए ?


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका सुपरस्टार सलमान खानले आफ्नो ५४ औँ जन्मदिन भव्य रुपमा मनाएका छन् । उनका भाइ सोहेल खानले आफ्नो घरमा शानदार पार्टी राखे ।

पार्टीमा कैयन् बलिउड सेलिब्रेटी उपस्थित भए । यस्तै पार्टीमा शाहरुख खान पनि आए । यी दुवैले खिचाएको एक तस्वीरमा सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सलमान खानले आफ्नो जन्मदिनमा भव्य पार्टी दिने गर्छन् । यसपटक सलमानले आफ्नो जन्मदिन बैनी अर्पिता खानका साथ मनाएका छन् । सलमानले जन्मदिनको केक भान्जा आहिलसँग काटेका थिए ।

खान परिवारबाट सलीम खान, सलमान खान, हेलेन, अतुल र अल्वीरा, अरबाज खान लगायत पुगेका थिए । यस्तै पार्टीमा कटरिना कैफ, सोनाक्षी सिन्हा, संगीता बिजलानी लगायत उपस्थित थिए ।

सलमानलाई फ्यानले पनि जन्मदिनको शुभकामना दिइरहेका छन् । यतिबेला हलमा सलमान खानको फिल्म ‘दब‍ंग ३’ प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ३७ बजे

औषधी व्यवस्था विभागमा व्यवसायीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– औषधि ऐन, २०३५ अन्तर्गत रहेको विवादास्पद उपदफा खारेजीको मागसहित

दुग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

चितवन–  जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट ब्याटिङ, हेर्नुस् तस्बिरहरू

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको दोस्रो दिन कर्णाली

भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिए 

भक्तपुर–  जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिएका

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट सुरुवात, प्रियांकले हाने अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिगको अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा