टिपर पल्टिँदा दुईको मृत्यु « Khabarhub

टिपर पल्टिँदा दुईको मृत्यु


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँको तारकेश्वर नगरपालिका–३ पोटगाउँस्थित सडकमा ना२क ३३८ नम्बरको फोहोर बोक्ने टिपर अनियन्त्रित भई पल्टिँदा आज दुई जनाको मृत्यु भएको छ ।

टिपर सडकबाट करिब ५० मिटर तल खसेर भएको दुर्घटनामा चालक मकवानपुर घर भएका ३० वर्षीय माइला लामा र सहचालक धादिङ गल्छीका २५ वर्षीय कमल लामाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यता काठमाडौँ महानगरपालिका–१५ बाङ्गेमुढा बस्ने विष्णुराज गिरीको घरबाट आज सुनचाँदीका गरगहना, टीभी, आई–प्याडलगायत गरी करिब तीन लाख २० हजार बराबरको चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

चोरीमा संलग्न भएकाहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ९ : ४१ बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा