नाइजेरियामा ११ जनाको हत्या गरेको आइएसको दाबी | Khabarhub Khabarhub

नाइजेरियामा ११ जनाको हत्या गरेको आइएसको दाबी


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विद्रोही संगठन इस्लामिक स्टेट (आइएस) ले एक भिडियो सार्वजनिक गरेर नाइजेरियामा ११ जनाको हत्या गरेको दाबी गरेको छ ।

हत्या गरिएका सबै इसाई धर्मावलम्बी रहेको र उनीहरुको हत्या घाँटी रेटेर गरिएको आइएसले दाबी गरेको छ । आइएसको समाचार संस्था अमाकले सार्वजनिक गरेको भिडियोमा केही व्यक्तिको घाँटी छिनाउँदै गरेको देखाइएको छ ।

भिडियो ५६ सेकेण्डको छ । मारिनेका बारेमा थप केही खुलाइएको छैन, तर उनीहरु सबै पुरुष हुन् । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट अपहरण गरिएका ती व्यक्तिको हत्या बदलाका लागि भएको आइएसले बताएको छ ।

गएको अक्टोबरमा सिरियामा भएको आफ्ना सर्वोच्च नेता तथा प्रवक्ताको हत्याको बदला लिन ११ जनाको हत्या गरिएको आइएसले जनाएको छ। सो भिडियो बिहीबार सार्वजनिक भएको हो ।

भिडियोमा अज्ञात स्थानमा गोली हानेको आवाज आउँछ । त्यसपछि एकजनामाथि गोली हानिन्छ र बाँकी १० जनालाई भूईँमा लडाएर घाँटी काटेको देखिन्छ ।

गएको अक्टोबरमा आइएसका तत्कालनीन नेता अबु बकर अल–बग्दादी र प्रवक्ता अबुल हसन अल–मुहाजिरको सिरियामा मृत्यु भएको थियो।

त्यसको दुई महिनापछि डिसेम्बर २२ मा आइएसले आफ्ना नेताको मृत्युको बदला लिने भन्दै नयाँ सैन्य अभियान सुरु गरेको बताएको थियो । त्यसपछि विभिन्न देशमा भएका आक्रमणको जिम्मा आइएसले लिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ७ : ३२ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार