भीम रावलप्रति ओलीको व्यङ्ग्य : नयाँ नयाँ कवि जन्मिए « Khabarhub

भीम रावलप्रति ओलीको व्यङ्ग्य : नयाँ नयाँ कवि जन्मिए


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको विरोध गर्न पार्टीमा नयाँ नयाँ कवि जन्मिएको भन्दै नेता भीम रावलप्रति व्यङ्ग्य गरेका छन् ।

शनिवार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुको संगठन प्रस संगठनका पदाधिकारीहरुको शपथ ग्रहरण कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टी र सरकारको सफतामा बोल्न नसक्ने नेताहरुले विरोधमा मात्र बोलेको आरोप लगाए ।

‘पार्टीको सफलतामा बोल्न नसक्ने, विरोधमा मात्रै बोल्दा कसैको प्रेस्टिज माथि जाँदैन’ ओलीले भने,‘कुण्ठा मात्रै बोकेर पार्टीमा कसैको भलो हुँदैन । पार्टी र सरकारले राम्रो गर्दा बोल्न नसक्ने ?’

राष्ट्रियसभा निर्वाचनका बारेमा केही दिन पहिलाको स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्य भीम रावलले व्यङ्ग्य गर्दै कविता सुनाएका थिए । त्यसको खण्डन ओलीले गरेका हुन् ।

ओलीले भने ‘राम्रो काम गर्दा विरोधीले त विरोध गर्थे नै, आफ्नैले पनि विरोध गरे कसैलाई कोही मान्छे मन पर्दैन होला। आनीबानी व्यवहारका कमजोरी देखे भन्नुस्। सही नीतिले देश सञ्चालन गरेका छौं। फेरि विरोध किन ?’

कार्यक्रममा ओलीले नेपाल ट्रष्टमातहत रहेका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको भनिएको घोटालाबारे सरकारले छानबिन गर्ने बताए ।

ओलीले यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेको बताए ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  २ : ५८ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट