पोखरा विमानस्थल: ‘भिजिविलिटी’ कम भएको समयमा समेत विमान अवतरण गर्न मिल्ने बनाइने | Khabarhub Khabarhub

पोखरा विमानस्थल: ‘भिजिविलिटी’ कम भएको समयमा समेत विमान अवतरण गर्न मिल्ने बनाइने


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको आज निरीक्षण गरी हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका छन् ।

विमानस्थलमा जहाज अवतरणलाई थप सहज बनाउन राख्न लागिएको ‘ग्लाइड पाथ’का लागि आवश्यक पर्ने १०४ रोपनी जग्गा अधिग्रहणको बारेमा चासो दिएर उनले जानकारी लिएका थिए ।

विमानस्थललाई थप सुरक्षित बनाउँदै उनले हुस्सु लागेर ‘भिजिविलिटी’ कम भएको समयमा समेत विमान अवतरणमा सहयोग गर्नका लागि जग्गा अधिग्रहण गरिन लागिएको तथा स्थानीयलाई मर्कामा नपर्ने गरी मुआब्जा वितरण गरिने बताए ।

हालसम्मको विमानस्थलको मुआब्जा वितरण तथा काममा आइपरेका समस्याहरुका बारेमा जानकारी लिँदै मन्त्री भट्टराईले तोकिएकै मिति भित्रमा विमानस्थल निर्माणको काम सम्पन्न गर्न निर्देशन दिए । मन्त्री भट्टराईलाई पोखरा विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले हालसम्म ५४ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै तोकिएको मितिभन्दा छ महिनाअघि नै आयोजना सम्पन्न हुने जानकारी गराए ।

सन् २०२१ जुलाई १० सम्म निर्माण कार्य सक्ने अन्तिम मिति रहेपनि सन् २०२० को डिसेम्बरमा सबै काम सम्पन्न गरेर परीक्षण उडान शुरु गर्ने र जुलाइबाट व्यावसायिक उडान शुरु हुने परियोजनाले जनाएको छ । रनवे तयार भएको तथा टर्मिनल भवनको आन्तरिक व्यवस्थापनको काम बाँकी रहेको बताउँदै ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्धारको काम भईरहेको परियोजना प्रमुख मुनाकर्मीले बताए ।

सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीका बीचमा विमानस्थल निर्माणका लागि सम्झौता भएकोमा सन् २०१७ को जुलाई ११ बाट निर्माण कार्य शुरु भएको थियो । पोखरा विमानस्थलको कूल लागत रु २२ अर्ब रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ९ : २५ बजे

काठमाडौंबाहेक अन्य महानगरको बजेट : पोखरा सबैभन्दा बढी, वीरगञ्ज कम 

काठमाडौं– काठमाडौं महानगरपालिकाबाहेक देशको अन्य पाँच वटा महानगरले बजेट समयमा ल्याएका

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट 

काठमाडौं– ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२-२०८३ को लागि बजेट ल्याएको

आर्थिक वर्षका लागि सरकारले यथार्थपरक बजेट ल्याएको छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि

वीरेन्द्रनगरमा चार अर्ब  ३८ करोड २७ लाख १५ हजार बजेट प्रस्ताव

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा

नेपालमा ‘सितारे जनिम पर’ अर्को साताबाट प्रदर्शनमा आउन लागेको हो ?

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’