अब मोबाइल एप्सबाटै औषधिको जानकारी « Khabarhub

अब मोबाइल एप्सबाटै औषधिको जानकारी


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा धेरैजसो प्रयोग हुने औषधिबारे तयार पारिएको जानकारीमूलक मोबाइल एप्स पहिलोपटक सरकारी तवरबाट तयार गरिएको छ । औषधि व्यवस्था विभागले ती औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको हो ।

एप्स लगइन गरेपछि औषधिको प्रयोग गर्न सकिने अवस्था, औषधिको प्रयोगबाट हुने नकारात्मक असर, औषधिका डोज, नेपालमा कुनकुन ब्रान्डका औषधि उपलब्ध रहेकोलगायतका विषयबारे जानकारी पाइनेछ ।

एप्समा संक्रमण, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या भएका बेला, प्रजनन स्वास्थ्यसँग जोडिएका औषधिबारे जानकारी राखिएको विभागले जनाएको छ ।

चिकित्सकले बढी मात्रामा सिफारिस गर्ने विभिन्न जेनेरिकका ६ सय बढी प्रकृतिका औषधि एप्समा समावेश भएको जनाइएको छ । जसकारण औषधिहरू जनसुरक्षित, असरयुक्त, गुणयुक्त र सुलभ रूपमा उपलब्ध हुने विभागका प्रवक्ता सन्तोष केसीले बताए ।

उनले भने, ‘एप्सका कारण उपभोक्ताहरू ठगिनबाट जोगिन्छन् । र, चिकित्सक तथा सरोकारवाला पक्षले औषधिसँग सम्बन्धित सूचनाको स्रोतका रूपमा एप्सलाई प्रयोग गर्छन् ।’

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ८ : ३० बजे

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि