चिसोले राउटे बालबालिका बिरामी पर्न थाले | Khabarhub Khabarhub

चिसोले राउटे बालबालिका बिरामी पर्न थाले


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत–जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई पोषिलो खानेकुराका साथमा न्यानो कपडा वितरण गरिएको छ ।

अत्यधिक चिसोबाट जोगाउन विभिन्न सङ्घसंस्थाको सहयोगमा ती समुदायलाई बस्तीमै पुगेर रु चार लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको हो ।

जकेट, कम्बल, हाइनेक, चामल, पीठो, घिउलगायतका सामग्री वितरण गरिएको राउटे उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिइन् । ती समुदायका मागअनुसार न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान गरिएको उनले बताइन् ।

‘राउटे अगुवाले चिसोले सतायो’ भनेर खबर पठाएपछि विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट सहयोग जुटाइएको बताइएको छ ।

राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको बताइन् । “चिसो ह्वात्तै बढेपछि बालबालिकालाई समस्या भएको छ, हामी त एकसरो कपडामै हिउँद कटाउँथ्यौँ”, उनले भनिन्, “कपडा पाएपछि अलि राहत मिलेको छ ।”

प्रतिष्ठानका अध्यक्ष खड्काले लोपोन्मुख समुदायको जीवन रक्षामा सबैले सहयोग गर्नुपर्ने बताइन् ।ती समुदाय हाल दैलेखको गुराँस गाउँपालिकाको गुराँसे जङ्गल क्षेत्रमा बस्दै आएको छन् ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १२ : ३३ बजे

गौरीघाट–गुह्येश्वरी वाग्मती किनारमा छठघाट निर्माण सुरु

काठमाडौं- पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती किनारमा छठ पर्वको तयारी

चलचित्र ‘वरिष्ठ बलराम’ लाई दर्शकको साथ

काठमाडौं- तिहारलाई लक्षित गर्दै भाइटीका अर्थात् यही कात्तिक ६ गतेदेखि

मिथिलामा छठको तयारी सुरु

धनुषा- मिथिलामा शुद्धता र आपसी सद्भावको पर्व छठको तयारी सुरु

चिनियाँ राष्ट्रपति सी भन्छन्- बाह्य चुनौती आइरहन्छन्, हामीले आफ्नै काममा ध्यान दिनुपर्छ

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले आगामी पाँच वर्षीय योजना (सन्

तिहारको एक सातामा ६९ दुर्घटना

चितवन- नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै चितवनमा ६९ वटा