हातहतियार र विष्फोटक पदार्थ बनाउने सामानसहित तीन जना पक्राउ « Khabarhub

हातहतियार र विष्फोटक पदार्थ बनाउने सामानसहित तीन जना पक्राउ


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हातहतियार र विष्फोटक पदार्थसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-२ खोक्लिङ धुसेनी बस्ने ३१ वर्षीय चन्द्र बहादुर बस्नेतलाई हातहतियार तथा विष्फोटक पदार्थ बनाउने सामान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको घर खानतलासी गर्दा ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, ३ फिट ८ ईन्च लम्बाईको सेफ्टि फ्युज वायर, टाईम सेटिङ डिभाईस जस्तो वस्तु ३ थान, रिमोट कन्ट्रोल ३ थान, ब्याट्री सेट २ थान, जिलेटिन ४५ थान र कटुवा पेस्तोल १ थान सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै सुनसरी, बराह क्षेत्र नगरपालिका-८ सेरेचोकबाट ५ राउन्ड गोली लोड भएको मेड इन यूएसए लेखिएको रिभल्बर १ थान र विभिन्न कम्पनीका मोबाईल ९ थान सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा अजिरकोट गाउँपालिका-४ काफलडाँडा बस्ने ४१ वर्षीया उमा भुजेल र झापा दमक नगरपालिका-२ बेलडाँगी बस्ने ३० वर्षीय सुमन सिंह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को.३५ प ६३३५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त रिभल्बर र मोबाइलहरूसहित फेला पारी नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १२ : ४३ बजे

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक