हातहतियार र विष्फोटक पदार्थ बनाउने सामानसहित तीन जना पक्राउ « Khabarhub

हातहतियार र विष्फोटक पदार्थ बनाउने सामानसहित तीन जना पक्राउ


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हातहतियार र विष्फोटक पदार्थसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-२ खोक्लिङ धुसेनी बस्ने ३१ वर्षीय चन्द्र बहादुर बस्नेतलाई हातहतियार तथा विष्फोटक पदार्थ बनाउने सामान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको घर खानतलासी गर्दा ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, ३ फिट ८ ईन्च लम्बाईको सेफ्टि फ्युज वायर, टाईम सेटिङ डिभाईस जस्तो वस्तु ३ थान, रिमोट कन्ट्रोल ३ थान, ब्याट्री सेट २ थान, जिलेटिन ४५ थान र कटुवा पेस्तोल १ थान सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै सुनसरी, बराह क्षेत्र नगरपालिका-८ सेरेचोकबाट ५ राउन्ड गोली लोड भएको मेड इन यूएसए लेखिएको रिभल्बर १ थान र विभिन्न कम्पनीका मोबाईल ९ थान सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा अजिरकोट गाउँपालिका-४ काफलडाँडा बस्ने ४१ वर्षीया उमा भुजेल र झापा दमक नगरपालिका-२ बेलडाँगी बस्ने ३० वर्षीय सुमन सिंह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को.३५ प ६३३५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त रिभल्बर र मोबाइलहरूसहित फेला पारी नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १२ : ४३ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको