ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते « Khabarhub

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका-६ सार्की चौतरामा आइतबार ट्याक्टर पल्टदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका-५ का ३५ वर्षीय ओममाया राना रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी गराए । गम्भीर घाइते हुनेहरुमा ऋषिङ-५ का ३२ वर्षीय बलबहादुर पाटामगर, ५० वर्षीया खिनीमाया पाटामगर, १८ वषीया कुमारी थापा छन् । उनिहरुलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

ऋषिङबाट सपौंदीतर्फजाँदै गरेको ग१त ५३१० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब दुइ सय मिटर तल खसेको थियो । ट्याक्टर चालक भने फरार छन् ।

उक्त दुर्घटनामा ऋषिङ गाउँपालिका-५ बर्ष ५० का मोतीलाल राना मगर, बर्ष ५० का हिम बहादुर राना, बर्ष ८ की मनिसा थापा र ट्याक्टरका सहचालक नवलपरासी बुलिङटारका अन्दाजी २० का कृष्ण कुमाल हात, खुट्टा र टाउँकामा चोट लागेको र अवस्था मध्यम रहेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ६ : २७ बजे

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको

पासपोर्ट छुटाइदिने भन्दै ६ लाखको बार्गेनिङ, दुई युवा पक्राउ

काठमाडौं – भारतबाट युरोपेली मुलुकहरूको भिसा लगाएर नेपाली नागरिकका पासपोर्ट

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा