रक्सी पिएपछि पाहुना बनेका खिमबहादुर– जसले गहना लुट्न चिजा कुमारीको हत्या गरे « Khabarhub

रक्सी पिएपछि पाहुना बनेका खिमबहादुर– जसले गहना लुट्न चिजा कुमारीको हत्या गरे


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीमा ६६ वर्षीया बृद्धाको हत्या गरी गरगहना लुटेर फरार भएका १ व्यक्ति ८ दिनपछि पक्राउ परेका छन् ।

गत आइतबार (पुस ६ गते) कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान घर भएकी ६६ वर्षीया चिजा कुमारी विक मृत अवस्थामा फेला परेकी थिइन् ।

टाउँको तथा अनुहारमा ढुङ्गाले प्रहार गरी हत्या गरिएको अवस्थामा विकको शव फेला परेको थियो ।

मृत फेला परेकी विकले शरीरमा लगाएका गहना समेत लुटिएका थिए ।

घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले ८ दिनपछि मुख्य अभियुक्त ३९ वर्षीय खिमबहादुर विक (श्रीपाली)लाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पत्रकार सम्मेलन गर्दै मुख्य अभियुक्त विकलाई सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार म्याग्दीको धवलागिरी गाउँपालिका–५ घर भइ पोखरा महानगरपालिका–२५ हेम्जा बस्दै आएका खिमबहादुरले ६६ वर्षीया चिजा कुमारीको गहना लुट्ने उद्देश्यका लागि हत्या गरेका थिए ।

हत्या गरेर फरार भएका खिमबहादुरलाई तनहुँको ब्यास नगरपालिका–२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खिमबहादुर गत आइतबार (पुस ६ गते) राति ८ बजेतिर चिजा कुमारीको घर गएका थिए । त्यहाँ उनले राति ९ बजेसम्म रक्सी पिएका थिए । रक्सी पिउने क्रममा ढिला भएपछि खिमबहादुर चिजा कुमारीकै घरमा पाहुना बनेर बसे ।

खिमबहादुरले बास मागेपछि चिजाकुमारीले आफ्ना १४ वर्षीया नातीलाई ओछ्याउन मिलाउन लगाइन् ।

खिमबहादुरका लागि ओछ्यान मिलाइ सकेपछि चिजा कुमारी र उनका १४ वर्षीया नाति आ–आफ्नो कोठामा सुत्न गए । १४ वर्षीया नाति सुतिसकेपछि खिमबहादुरले चिजा कुमारीको गहना लुट्न खोजे । चिजा कुमारीले प्रतिवाद गरेपछि खिमबहादुरले ढुङ्गाले उनको टाउको र अनुहारमा प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

खिमबहादुरले चिजा कुमारीको हत्या गरी उनको शरीरमा भएका सबै गरगहना लुटेर शव शिरकले ढाकेर कोठामा ताल्चा लगाइ फरार भएका थिए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : ०७ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा