सिद्धबाबाको थुनछेक बहस सकिएन, सोमबार आदेश आउने सम्भावना « Khabarhub

सिद्धबाबाको थुनछेक बहस सकिएन, सोमबार आदेश आउने सम्भावना


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनर्वा– आफ्नै महिला अनुयायीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीमाथिको थुनछेक बहस सोमबारसम्म जारी रहने भएको छ ।

जिल्ला अदालत सुनसरीमा आइतबार बहस नसकिएपछि सोमबार पनि बहस जारी रहने भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले गत बिहीबार कृष्णदासविरुद्ध बलात्कार अभियोगमा जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको थियो ।

शुक्रबार कृष्णदासको अदालती बयान सकिएपछि आइतबार थुनछेक बहस भएको थियो ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशमा थुनछेक बहस भएकोमा सोमबार वकिलहरुको बहस सकिएन् ।

सोमबार सरकारी वकिलसहित जाहेरीकर्ता (पीडित महिला)का तर्फबाट ८ जना वकिलहरुले बहस गरेका थिए ।

प्रतिवादी कृष्णदासको तर्फबाट ३ जना कानून व्यवसायीले बहस गरेका थिए । कृष्णदासको तर्फबाट ५ जना कानून व्यवसायीले बहस गर्ने भन्दै वकालतनामा दर्ता गराएकोमा अब २ जनाले मात्रै बहस गर्न बाँकी रहेको जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपालप्रसाद गिरीले जानकारी दिए ।

कृष्णदासको तर्फका २ जना कानून व्यवसायीको बहस सकिएपछि सोमबार नै थुनछेक आदेश जारी हुने संभावना रहेको गिरीले बताए ।

जिल्ला सरकारी वकिल कार्यालयले गिरीविरुद्ध फौजदारी अपराध संहिताको दफा २१९ को उपदफा (३) को देहाय (ङ) बमोजिम अधिकत्तम १० वर्ष कैद सजाय मागदाबी गरेको छ ।

अपराध संहिताको दफा २१९ को उपदफा (३) को देहाय (ङ) मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेको प्रमाणित भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

गिरीविरुद्ध उनकै एक महिला अनुयायीले बलात्कार आरोप लगाएकी थिइन् । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि गिरी भने आफू बिरामी भएको भन्दै विराटनगरस्थित एउटा अस्पतालमा भर्ना भएका थिए ।

प्रहरीले गत मंसिर १८ गते गिरीलाई अस्पतालबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि पनि गिरी भने अस्पतालमै बस्दै आएका थिए ।


सिद्धबाबाले अदालतमा भने– बलात्कार गरेको छैन, आवाज नक्कल गरेर अडियो बनाइयो

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : ३२ बजे

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड

विश्वकप फाइनलमा मेसी र यमालको महँगो भिडन्त : एउटा टिकटको मूल्य ३० करोड रुपैयाँ !

काठमाडौँ – अमेरिकाको न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा हुने फिफा विश्वकप

विपद पूर्वतयारीमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

अर्थसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसा अन्तर्गत रहेका दुई वटा समितिको बैठक