चेम्बर भवनमा ३० फिट अग्लो भ्रमण वर्षको प्रवर्द्धनात्मक ‘लोगो’ अनावरण « Khabarhub

चेम्बर भवनमा ३० फिट अग्लो भ्रमण वर्षको प्रवर्द्धनात्मक ‘लोगो’ अनावरण


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल चेम्बर अफ कमर्सले ठूलो लोगो सहितको भ्रमण वर्षको प्रवर्द्धनात्मक आकृति अनावरण गरेको छ ।

चेम्बर भवन कान्तिपथमा करीब ३० फिट चौडाई तथा ३० फिट लम्बाईको प्रवर्द्धनात्मक सन्देश सहितको भ्रमण वर्ष २०२० को लोगो सहितको आकृति अनावरण गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल चेम्बर अफ कमर्समा उक्त प्रवर्द्धनात्मक सन्देश सहितको भ्रमण वर्ष २०२० को लोगो अनावरण गरेका हुन् ।

लोगो अनावरण कार्यक्रममा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले चेम्बरले मुख्य व्यापारिक एंव काठमाडौंको केन्द्रमा भ्रमण वर्ष २०२० को लोगो सहितको प्रवद्धनात्मक सामाग्रीको प्रचार प्रसार गर्न पाएकोमा आफू गौरवान्वित भएको बताए । उनले पर्यटन प्रवर्द्धनमा चेम्बरले विगतदेखि गर्दै आइरहेको स्मरण समेत गरे ।

भविष्यमा समेत पर्यटन प्रवर्द्धन र भ्रमण वर्ष २०२० सफल पार्न चेम्बरबाट आवश्यक सहयोग रहने दृढता समेत व्यक्त गरे । सो अवसरमा भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज बैद्यले सरकारी निजी क्षेत्रको सहकार्यको रुपमा यस्ता प्रवर्द्धनात्मक कार्यहरुको भ्रमण वर्ष २०२० पूर्णत सफल, प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले भ्रमण वर्षको प्रवर्द्धनमा चेम्बर लगायत निजी क्षेत्रकाअन्य संघ संस्थाले पनि देशव्यापी रुपमा र अन्तर्राष्ट्रिय जगतमा समेत गरिरहेको जानकारी दिए ।

चेम्बरको पर्यटन कमिटीका सभापतितथा चेम्बरका का.स. अर्जुन शर्माले यस किसिमको कार्यले मुलुकले परिलक्षित गरेको २० लाख पर्यटकका साथै स्तरीय पर्यटक भित्र्याउन प्रचार प्रसारको सशक्त माध्यम हुने बताए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : ४१ बजे

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

एजेन्सी– संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन

उपाधि उचाल्न सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सहज लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार

किरात समुदायले मनाए उँधौली साकेला पर्व

काठमाडौं– किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा शनिबार यहाँस्थित

तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र सुदूरपश्चिमको प्रतिस्पर्धा

 नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी फाइनलमा

कांग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस

तानसेन– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र