शैक्षिक शुल्क बढाएको विरोधमा विद्यार्थीद्वारा कलेजमा तोडफोड | Khabarhub Khabarhub

शैक्षिक शुल्क बढाएको विरोधमा विद्यार्थीद्वारा कलेजमा तोडफोड


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- शैक्षिक शुल्क बढाएको विरोधमा भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस र नारायणगढको बालकुमारी क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।

सत्तारुढ नेकपा समर्थित अनेरास्ववियुका विद्यार्थीले कुनै परामर्शविना नै एकतर्फी शुल्क बढाएको भन्दै कलेजमा तोडफोड गर्नुका साथै क्याम्पस प्रशासनमा तालावन्दी गरेका हुन् । तोडफोडबाट क्याम्पसका झ्यालका सीसा फुटेका छन् ।

पब्लिक क्याम्पस संघ चितवनले कक्षा ११ र १२ मा २५ प्रतिशत, स्नातक कार्यक्रममा ३० प्रतिशत, सेमेस्टर प्रणालीमा १२ प्रतिशत तथा स्नातकोत्तर तहमा २५ प्रतिशत शुल्क वृद्धि गरेको छ ।

क्याम्पसले शुल्क वृद्धि गरेपछि विद्यार्थी आक्रोशित हुँदै विरोधमा उत्रिएको अनेरास्ववियू सप्तगण्डकी क्याम्पस इकाई अध्यक्ष हरि आचार्यले बताए । विरोधमा उत्रिएका विद्यार्थीहरुले ४८ घण्टाभित्र बढाइएको शुल्क फिर्ता लिन अल्टिमेटम दिएका छन् ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ८ : २२ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का