नयाँ शैक्षिक सत्रबाट काठमाडौंका विद्यालयमा ‘नेपाल भाषा’को पठनपाठन « Khabarhub

नयाँ शैक्षिक सत्रबाट काठमाडौंका विद्यालयमा ‘नेपाल भाषा’को पठनपाठन


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका विद्यालयमा आगामी शैक्षिक सत्रदेखि ‘नेपाल भाषा’ विषयको पठनपाठन गर्ने नियम लागू गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका र जगतसुन्दर ब्वनेकुथिको संयुक्तआयोजनामा महानगरपालिकाभित्रका विद्यालयमा कक्षा १ देखि ८ सम्म पढाइने ‘नेपाल भाषा’ विषयको पाठ्यक्रम निर्माणका लागि विज्ञहरुबाट सुझाव सङ्कलन गर्न आयोजित कार्यशाला गोष्ठीमा सो जानकारी दिइएको हो ।

महानगरपालिकाभित्रका कूल ४३५ विद्यालयमध्ये २७ विद्यालयमा ‘नेपाल भाषा’को पढाइ भइरहेको छ ।

कामपा शिक्षा विभाग नेपाल भाषा पाठ्यक्रम निर्माण समितिका सदस्य सचिव मोतिराज खनालले नेपालको मौलिक संस्कृति र भाषा भएको नेवार समुदायको नेपाल भाषालाई कुनै पनि हालतमा मेट्न दिन नहुनेमा जोड दिँदै महानगरभित्रका विद्यालयमा नेपाल भाषा अनिवार्य विषयकारुपमा लागू गर्न महानगर प्रतिबद्ध रहेको बताए ।

विद्यार्थीलाई नेपाल भाषा अध्ययनका लागि प्रोत्साहित गर्ने तथा शिक्षक अभाव भए नेपाल भाषा पढाउने शिक्षक तयार गर्न महानगरपालिकाले तालीम प्रदान गर्ने जानकारी दिए।

वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यशाला गोष्ठीको उद्घाटन गर्दै महानगरपालिकाका पछिल्लो कदम सरहानीय रहेको बताए ।

उनले विश्वमा कहीँ नभएको नेपालको मौलिक कला, संस्कृति तथा नेपाल भाषाको जगेर्नाका लागि संघीय सरकार तथा प्रदेश सरकारले पर्याप्त ध्यान नदिएको बताउँदै सरकार यसतर्फ गम्भीर नभएमा नेपालको अद्घितीय सम्पदा नासिएर जाने बताए ।

त्रिवि केन्द्रीय विभागका प्रमुख ओमकारेश्वर श्रेष्ठले नेपाल भाषा तथा यसका लिपि विश्वकै लागि उदाहरणीय रहेको बताउँदै नेपालको सम्पदा नेवार समुदायको मात्र नभई देशको सम्पदा भएकाले यसको संरक्षणका लागि सरकारसहित सम्पूर्ण नेपाली जनताको साथ र समर्थन आवश्यक रहेको टिप्पणी गरे ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ८ : ४३ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा