समाजवादको लक्ष्य पूरा गर्न सबै कम्युनिस्ट एकै कित्तामा उभिनुपर्छ: प्रवक्ता श्रेष्ठ | Khabarhub Khabarhub

समाजवादको लक्ष्य पूरा गर्न सबै कम्युनिस्ट एकै कित्तामा उभिनुपर्छ: प्रवक्ता श्रेष्ठ


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको नयाँ वैचारिक क्रान्तिका लागि सबै कम्युनिष्ट पार्टी एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् ।

नेकपा पालुङटार नगरकमिटिले गोरखामा आयोजना गरेको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रवक्ता श्रेष्ठले नेकपा समाजवादको लक्ष्य पूरा गर्नका लागि अघि बढिसकेकोे भन्दै अव कम्युनिष्ट पार्टी छुट्टाछुट्टै बस्नुको अर्थ नरहने बताए ।

“वैज्ञानिक समाजवाद प्राप्तिका लागि योजनाबद्ध ढङ्गले पार्टी अघि बढिरहेको छ”, उनले भने, “नेकपा भन्दा बाहिर रहेका कम्युनिष्ट शक्ति अव एउटै कित्तामा उभिएर बहस र छलफल गरी नयाँ रणनीतिका साथ अघि बढ्नुको विकल्प छैन ।”

प्रवक्ता श्रेष्ठले सबै कम्युनिष्ट एकै ठाउँमा बसेर अध्ययन, छलफल र बहसको माध्यमबाट नयाँ विचारको विकास गर्न सके मात्र आजको आवश्यकता पूरा हुने बताए ।

“अब फरक ढङ्गले नजाने हो भने नयाँ वैचारिक क्रान्ति र मुक्तिको अभियानलाई सफल बनाउन सक्दैनौ”, उनले भने, “त्यसका लागि नेकपा बाहिर रहेका कम्युनिष्ट एकै ठाउँमा गोलबद्ध हुनु आवश्यक छ ।”

नेकपा गोरखाका अध्यक्ष लेखबहादुर थापाले कम्युनिष्ट पार्टीभित्र अनुशासन महत्वपूर्ण कुरा रहेको भन्दै त्यसलाई सबैले ख्याल गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ६ : ०० बजे

राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन

पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ ।

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल