कैदीको उपचारमा १ लाख खर्च, स्वास्थ्यकर्मी नहुँदा समस्या « Khabarhub

कैदीको उपचारमा १ लाख खर्च, स्वास्थ्यकर्मी नहुँदा समस्या


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ । अहिले कारागारमा क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिएको तर स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको तुलसीपुर कारागारका प्रमुख जोखिम ओलीले बताए । ‘कारागारमा स्वास्थ्यकर्मी हुनुहुन्न,’ उनले भने, ‘कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ छ ।’

उनका अनुसार तुलसीपुर कारागारमा गत असोजमा दरबन्दीका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि उपचारमा समस्या भएको हो । तुलसीपुर कारागारमा वार्षिक उपचार खर्च रु छ लाख आउने गरेको छ । तुलसीपुर कारागारमा ३७६ कैदीबन्दी रहेका छन् ।

घोराही कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि गएको असोजदेखि स्वास्थ्यकर्मीविहीन भएको जेलर विष्णु पाण्डेले जानकारी दिनुभयो । चिसोका कारण रुघाखोकी, हातखुट्टा दुख्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या कैदीबन्दीमा देखिएको उहाँको भनाइ छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी कारागारमा नआएको र बिरामीलाई अस्पताल ल्याउँदा लैजाँदा खर्च बढ्नुका साथ असहज भएको कारागार प्रशासनले जनाएको छ ।

चालू आर्थिक वर्षमा आएको १ लाख ८० हजार बजेटमा अहिलेसम्म साढे १ लाख रुपैयाँ उपचार खर्चमा सकिएको जेलर पाण्डेले जानकारी दिए । घोराही कारागारमा अहिले ३१५ कैदीबन्दी रहेका छन् ।

यस्तै दाङको घोराही कारागारका कैदीलाई शिक्षा दिन थालिएको छ । कारागारमा अहिले २० जना कैदीलाई शिक्षा दिन थालिएको जेलर पाण्डेले जानकारी दिए । कारागारलाई सुधारगृहका रूपमा विकास गर्न घोराही कारागारका कैदीबन्दीलाई शिक्षा दिन थालिएको छ । विभिन्न मुद्दामा कारागारको जीवन बिताइरहेका कैदीबन्दीलाई नैतिक र असल चालचलनसँगै सामाजिक शिक्षा दिन थालिएको कारागार प्रशासनले जनाएको छ ।

कारागारभित्रै ती कैदीबन्दीलाई ज्ञानज्योति स्कूल सञ्चालन गरेर शिक्षा दिन थालिएको घोराही कारागारका जेलर पाण्डेले जानकारी दिए । निरक्षर कैदीबन्दीलाई साक्षर बनाउने र सोचमा सुधार ल्याउनका लागि शिक्षा दिन थालिएको उनको भनाइ छ ।

कैदीबन्दीको मागअनुसार अङ्ग्रेजी भाषामा समेत कक्षा सञ्चालन थालिएको छ । कम्तीका कक्षा १२ पास गरेका र राम्रो आचारण भएका कैदीबाटै छनोट गरेर शिक्षा दिन थालिएको हो । पढाउने कैदी शिक्षकलाई पारिश्रमिक नभए पनि मासिक पाँच दिन कैद मिनाहको व्यवस्था रहेको जेलर पाण्डेले जानकारी दिए । कारागारमा करिब २० जना कैदीबन्दीले साँझ बिहान गरी चार घण्टा अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १० : ३० बजे

अर्जेन्टिना इतिहास रच्ने दाउमा हुँदा विश्वकपको फाइनल हुन सक्छ मेस्सीको अन्तिम खेल

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि भिडन्त आइतबार (१९ जुलाई)

किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति

किभ– रुसी सेनाले किभमा रातारात गरेको ब्यालिस्टिक क्षेप्यास्त्रसहितको आक्रमणमा परी

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं– बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको

सांसदहरूसँग एमाले अध्यक्ष ओलीलगायत नेताको छलफल (तस्बिरहरू)

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले संघीय सांसदहरूसँग अन्तरक्रिया गरेको छ

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य 

काठमाडौं- एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको