मुद्दती निक्षेपमा १ अर्ब ४० करोड लगानी गर्दै राष्ट्र बैंक « Khabarhub

मुद्दती निक्षेपमा १ अर्ब ४० करोड लगानी गर्दै राष्ट्र बैंक


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको १ अर्ब ४० करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त रकम एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७६ माघ १ देखि २०७७ पुस २९ गतेसम्मका लागि लगानी गर्न लागेको हो ।

लगानी गरिने रकममध्ये वाणिज्य बैंकहरूमा  १ अर्ब १२ करोड, राष्ट्रिय स्तरका विकास बैंकमा २१ करोड र वित्त कम्पनीमा ७ करोड लगानी गर्ने बताइएको छ ।

निक्षेपको रूपमा रकम लिन चाहने बैंकले केन्द्रीय बैंकले तोकेको शर्त पूरा गरी आवश्यक रकम र प्रस्तावित ब्याजदर समेत खुलाएर पुस महीनाको १६ गते दिउँसो ३ बजेभित्र निवेदन पेश गरिसक्नु पर्ने छ ।

बैंकहरूले प्रस्ताव गरेको ब्याजदर लगानी गरिने मितिसम्म मान्य हुने बताइएको छ । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तनसम्बन्धी सार्वजनिक सूचनाले प्रस्तावित ब्याजदरलाई कुनै असर पारेको मानिने छैन ।

प्रस्ताव पेश गर्दा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाईलाई सम्बोधन गर्नुका साथै अनिवार्य रूपमा उपदान तथा पेन्सन कोष लगानीको ब्याजदरसम्बन्धी प्रस्ताव पत्र भनी अनिवार्य उल्लेख गर्नुपर्ने बताइएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ११ : ०८ बजे

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको