पाँच महिनामा पूँजिगत खर्च ९.५ प्रतिशत मात्र, कुन मन्त्रालयको अवस्था कस्तो ? | Khabarhub Khabarhub

पाँच महिनामा पूँजिगत खर्च ९.५ प्रतिशत मात्र, कुन मन्त्रालयको अवस्था कस्तो ?


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा जम्मा करीब ९.५ प्रतिशत मात्रै पूँजिगत (विकास) खर्च भएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।

यो आर्थिक वर्षको लागि ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ विकास बजेट छुट्याइएकोमा मंसिर मसान्तसम्म जम्मा ३७ अर्ब ४८ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरुको खर्च पनि निराशजनक नै देखिन्छ । चालू आर्थिक बर्षको पहिलो पाँच महिनाको अवधिमा ९.७ प्रतिशतको हाराहारीमा मात्रै विकास बजेट खर्च भएको छ ।

पहिलो चार महिनामा टेण्डर प्रक्रिया र परियोजना तयारीमै समय बित्ने हुदा पाँच महिनामा पुँजीगत खर्चले गति लिन नसकेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलेले बताए ।

महालेखा नियन्त्रण कार्यालयका अनुसार मन्त्रायलको विकास बजेट खर्च अवस्था यस्तो रहेको छ ।

कुन मन्त्रालय कति खर्च ?

युवा तथा खेलकूद मन्त्रालयको खर्च ३८.३ प्रतिशत

युवा तथा खेलकूद मन्त्रालयले पाँच महिनाको अवधिमा ३८.३ प्रतिशत अर्थात ७८ करोड ८३ लाख रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक बर्षका लािग ३ अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये २ अर्ब ५ करोड रुपैयाँ पूँजिगत खर्च छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने ६५.७ प्रतिशत रहेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, १८.९ प्रतिशत

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाँच महिनाको अवधिमा १८.९ प्रतिशत अर्थात २६ लाख रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक बर्षका लागि ७७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये १ करोड ३५ लाख रुपैयाँ पूँजिगत खर्च छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने १३.९ प्रतिशत रहेको छ ।

शहरी विकास मन्त्रालय, १७.९ प्रतिशत

शहरी विकास मन्त्रालयको पाँच महिनाको अवधिमा १७.९ प्रतिशत अर्थात ५ अर्ब १० करोड रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक बर्षका लागि ३६ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये २८ अर्ब ४५ करोड रुपैयाँ पूँजिगत खर्च छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने २१.३ प्रतिशत रहेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, १७.६ प्रतिशत

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाँच महिनाको अवधिमा १७.६ प्रतिशत अर्थात २७ करोड २९ लाख रुपैया बजेट खर्च गरेको छ । चालू आर्थिक बर्षका लागि ६ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये १ अर्ब ५५ करोड रुपैयाँ पूँजीगततर्फ छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने ३३.६ प्रतिशत रहेको छ ।

गृह मन्त्रालय, १७.३ प्रतिशत

गृह मन्त्रालयले पाँच महिनाको अवधिमा १७.३ प्रतिशत अर्थात १ अर्ब ७६ करोड रुपैया बजेट खर्च गरेको छ । चालू आर्थिक बर्षका लागि १ खर्ब ३५ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये १० अर्ब १६ करोड रुपैयाँ पूँजिगत खर्च छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने ३५.८ प्रतिशत रहेको छ ।

संघीय मामला तथा सामान्य प्रशासन मन्त्राल, १३.२ प्रतिशत

सामान्य प्रशासन मन्त्रालयले पाँच महिनाको अवधिमा १३.२ प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ बजेट खर्च भएको छ । चालू आर्थिक बर्षका लागि ३१ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये १० अर्ब रुपैयाँ पूँजीगततर्फ छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने ६.३ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ११.४ प्रतिशतध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच महिनाको अवधिमा ११.४ प्रतिशत अर्थात ९२ करोड ८८ लाख रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक बर्षका लागि ४२ अर्ब ६७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये ८ अर्ब १८ करोड रुपैयाँ पूँजीगततर्फ छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने १८.६ प्रतिशत रहेको छ ।

परराष्ट्र मन्त्रालय, १०.१ प्रतिशत

परराष्ट्र मन्त्रालयले पाँच महिनाको अवधिमा १०.१ प्रतिशत अर्थात १७ करोड ६६ लाख रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक बर्षका लागि ६ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये १ अर्ब ७४ करोड रुपैयाँ पूँजिगत खर्च छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने४०.६ प्रतिशत रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ९.७ प्रतिशत

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पाँच महिनाको अवधिमा ९.७ प्रतिशत अर्थता ९ करोड २९ लाख रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षका लागि ४ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये ९५ करोड ८१ लाख रुपैयाँ पूँजिगत खर्च छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने २५.२ प्रतिशत रहेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, ९.६ प्रतिशत

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले पाँच महिनाको अवधिमा ९.६ प्रतिशत अर्थात १६ करोड ४६ लाख रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक बर्षका लागि ७ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये १ अर्ब ७२ करोड रुपैयाँ पूँजिगत खर्च छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने २२.५ प्रतिशत रहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ९.५ प्रतिशत

भौतिक पूर्वाधार तथा यातायात मन्त्रलायले पाँच महिनाको अवधिमा ९.५ प्रतिशत अर्थात १३ अर्ब ६९ करोड रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक बर्षका लागि १ खर्ब ५६ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये १ खर्ब ४४ करोड ८८ लाख रुपैयाँ पूँजीगत बजेट भौतिक पूर्वाधार मन्त्रालयले पाएको छ । मन्त्रालयको समग्र्र खर्च भने ११.१ प्रतिशत गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, ९.२ प्रतिशत

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँच महिनाको अवधिमा ९.२ प्रतिशत अर्थात १ करोड ५४ लाख रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षको लागि ६ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये १६ करोड ७२ लाख रुपैयाँ पूँजीगततर्फ छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने ३.४ प्रतिशत रहेको छ ।

उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, ८.९ प्रतिशत

उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पाँच महिनाको अवधिमा ८.९ प्रतिशत अर्थात ३ अर्ब ५६ करोड रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षको लागि ४० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । मन्त्रालयको समग्र खर्च भने ९.५ प्रतिशत रहेको छ ।

कानुन, न्याय तथा संसदीय मन्त्रालय, ८.४ प्रतिशत

कानुन न्याय तथा संसदीय मन्त्रालयले पाँच महिनाको अवधिमा ८.४ प्रतिशत अर्थात ५ लाख रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षको लागि ५० करोड ९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसमध्ये ६० लाख रुपैयाँ पूँजिगत खर्च छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने २१.४ प्रतिशत रहेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, ७.६ प्रतिशत

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पाँच महिनाको अवधिमा ७.६ प्रतिशत अर्थात १७ करोड ४९ लाख रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षको लागि ५ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये २ अर्ब ३१ करोड रुपैयाँ पूँजिगत खर्च छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने १८.१ प्रतिशत रहेको छ ।

खानेपानी मन्त्रालय, ६.७ प्रतिशत

खानेपानी मन्त्रालयले पाँच महिनाको अवधिमा ६.७ प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक बर्षका लागि २५ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये २२ अर्ब ६० करोड रुपैयाँ पूँजीगत बजेट रहेको थियो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, ५.८ प्रतिशत

कृषि तथा पशुपंक्षी मन्त्रालयले पाँच महिनाको अवधिमा ५.८ प्रतिशत अर्थात १६ करोड ७० लाख रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक बर्षका लागि २८ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसमध्ये कृषि मन्त्रालयले विकास बजेट २ अर्ब ८७ करोड रुपैयाँ पाएको थियो । मन्त्रालयको समग्र खर्च भने २१ प्रतिशत रहेको छ ।

अर्थ मन्त्रालय, ५ प्रतिशत

अर्थ मन्त्रालयले पाँच महिनाको अवधिमा ५ प्रतिशत अर्थता ५१ करोड ३९ लाख रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षका लागि २२ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये १० अर्ब २ करोड रुपैयाँ पुँजिगत खर्च छुट्याइएको छ ।

वन तथा वातावरण मन्त्रालय, ४.५ प्रतिशत

वन तथा वातावरण मन्त्रालयले पाँच महिनाको अवधिमा ४.५ प्रतिशत अर्थात २५ करोड ४६ लाख रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक बर्षका लागि १३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये ५ अर्ब ५९ करोड रुपैयाँ पूँजिगत खर्च छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने १७.२ प्रतिशत रहेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ३.३ प्रतिशत

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलायले पाँच महिनाको अवधिमा ३.३ प्रतिशत अर्थता २१ करोड ६४ लाख रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक बर्षका लागि १० अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये ६ अर्ब ५८ करोड रुपैयाँ पूँजिगत खर्च छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने ११.२ प्रतिशत रहेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, ३ प्रतिशत

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच महिनाको अवधिमा ३ प्रतिशत अर्थात १ करोड ८१ लाख रुपैया बजेट खर्च गरेको छ । चालू आर्थिक बर्षका लागि ६५ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये ६० करोड ३५ लाख रुपैयाँ पूँजिगत खर्च छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने १८.४ प्रतिशत रहेको छ ।

रक्षा मन्त्रालय २.६ प्रतिशत

रक्षा मन्त्रालयले पाँच महिनाको अवधिमा २.६ प्रतिशत अर्थात २० करोड ३४ लाख रुपैयाँ बजेट खर्च गरेको छ । चालू आर्थिक बर्षका लागि ५० अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यसमध्ये ७ अर्ब ८० करोड पूँजिगत खर्च छुट्याइएको छ । मन्त्रालयको समग्र खर्च भने ३५.८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ११ : ३५ बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति