चितवनमा २ जना चिनियाँ पक्राउ, ह्याकिङमा संलग्न भएको आशंका | Khabarhub Khabarhub

चितवनमा २ जना चिनियाँ पक्राउ, ह्याकिङमा संलग्न भएको आशंका


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवन प्रहरीले साइबर अपराध तथा ह्याकिङमा संलग्न भएको आंशकामा २ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

केही दिन अगाडि चितवनको भरतपुरस्थित द फर्न रेसिडेन्सी (होटेल सिजी)बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

डिएसपी कोइरालाले २ जना चिनियाँमाथि अहिले अभद्र व्यवहारको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

चितवन प्रहरी स्रोतले भने २ जना चिनियाँले चितवनमा वैदेशिक लगानी भित्र्याउने भन्दै विभिन्न व्यक्तिसँग ‘डिल’ गरिरहेका थिए ।

चिनियाँ नागरिकको सम्पर्कमा आएका व्यक्तिले उनीहरुको व्यवहार शंकास्पद लागेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरु साइबर अपराधमा संलग्न भएको संकेत देखिएपछि नियन्त्रणमा लिइएको चितवन प्रहरीका एक अधिकारीले जानकारी दिए ।

प्रहरीले अघिल्लो साता मात्रै काठमाडौंबाट १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

नेपालमा बसेर आफ्नै देशविरुद्ध अपराध गरिरहेको अभियोगमा प्रहरीले ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ गरेको थियो ।

पछिल्लो समय चिनियाँ नागरिकहरु नेपालमा आएर बैंक ह्याकिङलगायतका साइबर अपराधमा संलग्न हुने गरेको देखिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ११ : ५५ बजे

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

काठमाडौं – नेपाल र भारतको सीमा सुरक्षासम्बन्धी उच्चस्तरीय बैठक सम्पन्न

नेपाल-भारत सम्बन्ध : ५ प्राथमकिता

भारतमा म राजदूतका रुपमा दुई वर्ष चार महिना बसें ।

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

एनपीएलको तालिका सार्वजनिक, पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)

आजका समाचार : शोकबिदाले विवादमा सरकार, मन्त्री फेर्ने तयारीमा ओली-देउवा र अमेरिकी निर्णयले विश्वभर तरंग

राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय मन्त्रिपरिषद