टोनी हेगनको स्मरणमा प्रकाशित हुलाक टिकटमा राष्ट्रपतिद्वारा टाँचा « Khabarhub

टोनी हेगनको स्मरणमा प्रकाशित हुलाक टिकटमा राष्ट्रपतिद्वारा टाँचा


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीस भूगर्भविद् टोनी हेगनको स्मरणमा प्रकाशन गरिएको हुलाक टिकटमा टाँचा लगाएकी छिन ।

फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय र टोनी हेगन फाउण्डेशनद्वारा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले टाँचा लगाएकी हुन् ।
नेपालको भूगर्भसम्बन्धी खोज तथा अनुसन्धानमा अतुलनीय योगदान पु¥याउने अन्तरराष्ट्रिय व्यक्तित्वको चर्चा गर्दा अग्रपङ्क्तिमा आउने नाम हो टोनी हेगन ।

सन् १९१७ अगस्ट १७ मा स्वीट्जरल्याण्डको लुसर्नमा जन्मिएका हेगनले इञ्जिनीयरिङ तथा जियोलोजीमा स्वीस फेडेरल इन्स्टिच्युटबाट डिप्लोमा गरेका थिए । उनले ज्युरिच जियोलोजिकल इन्स्टिच्युटमा अनुसन्धान सहायकको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवाली र व्यवस्थापन कार्यालयका अध्यक्ष शङ्कर श्रेष्ठले टोनी हेगनले नेपालको भूगर्भसम्बन्धी खोज तथा अनुसन्धानको क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गरे ।

सन् १९५० मा प्रथमपटक स्वीस सहायता कार्यक्रमको सिलसिलामा नेपाल आएका टोनी हेगन काठमाडौं बाहिर खोज तथा अनुसन्धान गर्न अनुमति पाउने सम्भवतः पहिलो विदेशी नागरिक थिए ।

सन् १९५९ मा युएनअन्तर्गत सर्भे विभाग तथा सन् १९६१ मा इन्टरनेशनल रेडक्रसको चिफ डेलिगेटको जिम्मेवारी पनि पूरा गरेका हेगन जीवनका पछिल्ला दशकमा पनि युएनका विभिन्न कार्यक्रममा सक्रिय भएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १० : ३० बजे

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा