भ्रष्टाचार आरोपी निसानका पूर्व प्रमुख ‘भागेर’ लेबनान पुगे « Khabarhub

भ्रष्टाचार आरोपी निसानका पूर्व प्रमुख ‘भागेर’ लेबनान पुगे


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक अनियमितताको अभियोग लागेका निसानका पूर्व प्रमुख कार्लोस गोन्स जापान छोडेर लेबनान पुगेका छन् ।

सञ्चारमाध्यमहरुमा आएका समाचार अनुसार भ्रष्टाचारको अभियोग लागेका कार्लोस लेबनानको बेरुत पुगेका हुन् ।

एक लेबनानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले कार्लोस बेरुत पुगेको तर उनले कसरी जापान छोडे भन्ने थाहा नभएको उल्लेख गरेको छ ।

आर्थिक अनियमितताको अभियोगमा कार्लोस सन् २०१८ मा पक्राउ परेका थिए र उनीमाथि भ्रष्टाचार तथा अनियमितताका विभिन्न अभियोग छन् । जापानमा आफूमाथि लागेका मुद्दाको सुनुवाइको पर्खाईमा रहेका कार्लोस अप्रत्यासित रुपमा लेबनान पुगेका हुन् ।

उनलाई जमानतमा रिहा गर्न स्पष्ट रुपमा अस्वीकार गरिएको थियो । तर जापान छोडेर उनी लेबनान पुगेको खबर आएसँगै घटनाले गम्भीर मोड लिएको छ ।

उनले आफूमाथि लागेका सबै आरोपहरु अस्वीकार गर्दै आएका छन् र कुनै पनि किसिमको गलत काम नगरेको उनको दाबी छ । लेबनान जानका लागि उनले जापानका अधिकारीहरुसँग सम्झौता गरे या उनी भागेका हुन् भन्ने बारे केही खुलेको छैन ।

व्यवसायी कार्लोससँग फ्रेन्च र लेबनिज पासपोर्ट छ । उनी टर्कीबाट लेबनानका लागि उडेको निजी जेट मार्फत बेरुत पुगेको फ्रान्सेली पत्रिका लेस इकोले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ६ : ५१ बजे

गगनको ‘कोर क्षेत्र’ मा सचिनको घरदैलो (तस्बिरहरू)

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका

रविले सर्लाही टेकेपछि उत्साहित अमरेश सिंह

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सर्लाही क्षेत्र

‘संवैधानिक प्रक्रियालाई सही ठाउँमा ल्याउन आगामी निर्वाचन महत्त्वपूर्ण’

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेलले लिगबाट बाहिर रहेको संवैधानिक

स्वास्थ्य सेवा दिवस : उपलब्धिबीच दिगो र समान सेवामा अझै चुनौती

काठमाडौं- आज २९ औं स्वास्थ्य सेवा दिवस दक्ष जनशक्ति, दिगो