सभामुखको विषयमा ओली–प्रचण्ड सहमति नजुट्दा प्रतिनिधिसभा बैठक ११ दिनका लागि स्थगित | Khabarhub Khabarhub

सभामुखको विषयमा ओली–प्रचण्ड सहमति नजुट्दा प्रतिनिधिसभा बैठक ११ दिनका लागि स्थगित


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको सभामुख तोक्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सहमति नजुट्दा प्रतिनिधिसभाको बैठक पुस २७ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख चयनको विषयमा सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच मंगलबार करिब २ घण्टासम्म छलफल चलेको थियो ।

तर, सभामुखको विषयमा दुई नेताबीच सहमति हुन सकेन । सभामुखको विषयमा सहमति जुट्न नसक्दा बुधबार (पुस १६ गते) बस्ने भनिएको बैठक सूचना टाँस गरी ११ दिनका लागि स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते (आइतबार) दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसअघि पनि पुस ११ गते बस्ने भनिएको प्रतिनिधिसभा बैठक १६ गतेका लागि सारिएको थियो ।

कृष्णबहादुर महरा जबरजस्ती करणी उद्योग (बलात्कार) प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल चलाउन भएपछि सभामुख पद खाली भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेदेखि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।

प्रतिनिधिसभा बैठक पुस ४ गते बसेपनि त्यसपछि निर्धारण गरिएको बैठक सूचना टाँस गरी स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ३ : २२ बजे

केन्द्रीय समिति भङ्ग गरी महाधिवशेन आयोजक समिति बनाउने माओवादी ‘हेडक्वार्टर’को प्रस्ताव

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मौजुदा केन्द्रीय समिति

सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस

काठमाडौं – पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा

मनाङमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले मनाङमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले भू–धरातलीय

भाटभटेनी सुपरमार्केट पुनर्निर्माणमा सघाउने अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको प्रस्ताव

काठमाडौँ- अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालले जेन-जी आन्दोलनकारीले तोडफोड र