कांग्रेस विवादः पौडेल पक्षले बोलायो जिल्ला सभापतिको भेला, कार्यसमिति बैठक बहिष्कार गर्ने « Khabarhub

कांग्रेस विवादः पौडेल पक्षले बोलायो जिल्ला सभापतिको भेला, कार्यसमिति बैठक बहिष्कार गर्ने


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवासँगमात्रै वार्ता गर्ने निर्णय गरेको छ ।

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको पौडेल समूहको बैठकले विवाद समाधानका लागि सभापति देउवासँगमात्रै वार्ता गर्ने निर्णय गरेको हो ।

सभापति देउवाले भने वरिष्ठ नेता पौडेल समहुसँग वार्ता गर्नका लागि उपसपभापति विमलेन्द्र नीधिलाई जिम्मा दिएका थिए ।

पौडेल समूहका बैठकले पुस २१ गते जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय गरेको छ । बैठकले जिल्ला स्तरीय नेता–कार्यकर्तादेखि सांसदहरुलगायत सबै तह र तप्काका नेता–कार्यकर्ताहरुसँग परामर्श गर्ने निर्णय समेत गरेको छ ।

पौडेल समूहको बैठकले सभापति देउवाले बोलाएको पदाधिकारी  र केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।

यसैबीच नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति देउवालाई आजै लिखित पत्र नै बुझाएर केन्द्रीय कार्यसमितिको निर्णय सच्याउन आग्रह गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला समूहका नेताहरुको बहिस्कारका बीच कांग्रेस केन्द्रीय समितिले बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका बनाउनुका साथै विभागहरु थपेर ४७ वटा पुर्‍याउने निर्णय गरेको थियो ।

सभापतिका रुपमा देउवाको पहिलो र प्रमुख जिम्मेवारी १४औं महाधिवेशन गर्नु भएको भन्दै सिटौलाले भनेका छन्, ‘यो जिम्मेवारी निर्वाह गर्न तपाई कुनै गुटको होइन, नेपाली कांग्रेसको सभापति हो भन्ने स्मरण गरेर सवै पूर्वाग्रहबाट मुक्त भएर प्रत्येक निर्णय गर्दा उदार र कुशलतापूर्वक गर्नुपर्छ ।’

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ७ : ३८ बजे

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष

भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

काठमाडौं– भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन