कांग्रेस विवादः पौडेल पक्षले बोलायो जिल्ला सभापतिको भेला, कार्यसमिति बैठक बहिष्कार गर्ने « Khabarhub

कांग्रेस विवादः पौडेल पक्षले बोलायो जिल्ला सभापतिको भेला, कार्यसमिति बैठक बहिष्कार गर्ने


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवासँगमात्रै वार्ता गर्ने निर्णय गरेको छ ।

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको पौडेल समूहको बैठकले विवाद समाधानका लागि सभापति देउवासँगमात्रै वार्ता गर्ने निर्णय गरेको हो ।

सभापति देउवाले भने वरिष्ठ नेता पौडेल समहुसँग वार्ता गर्नका लागि उपसपभापति विमलेन्द्र नीधिलाई जिम्मा दिएका थिए ।

पौडेल समूहका बैठकले पुस २१ गते जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय गरेको छ । बैठकले जिल्ला स्तरीय नेता–कार्यकर्तादेखि सांसदहरुलगायत सबै तह र तप्काका नेता–कार्यकर्ताहरुसँग परामर्श गर्ने निर्णय समेत गरेको छ ।

पौडेल समूहको बैठकले सभापति देउवाले बोलाएको पदाधिकारी  र केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।

यसैबीच नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति देउवालाई आजै लिखित पत्र नै बुझाएर केन्द्रीय कार्यसमितिको निर्णय सच्याउन आग्रह गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला समूहका नेताहरुको बहिस्कारका बीच कांग्रेस केन्द्रीय समितिले बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका बनाउनुका साथै विभागहरु थपेर ४७ वटा पुर्‍याउने निर्णय गरेको थियो ।

सभापतिका रुपमा देउवाको पहिलो र प्रमुख जिम्मेवारी १४औं महाधिवेशन गर्नु भएको भन्दै सिटौलाले भनेका छन्, ‘यो जिम्मेवारी निर्वाह गर्न तपाई कुनै गुटको होइन, नेपाली कांग्रेसको सभापति हो भन्ने स्मरण गरेर सवै पूर्वाग्रहबाट मुक्त भएर प्रत्येक निर्णय गर्दा उदार र कुशलतापूर्वक गर्नुपर्छ ।’

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ७ : ३८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना