घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम « Khabarhub

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ ।

यस नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल किन्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना) सम्मको ऋण सुविधा उपलब्ध हुनेछ । 

यस व्यवस्थासँगै मासिक किस्ता (इएमआई) घट्ने भएकाले पहिलो पटक मोटरसाइकल खरिद गर्ने ग्राहकका लागि बजाजको स्वामित्व अझ सहज बन्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनामा ऋणको अवधि मात्र बढाइएको छैन, ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको छ ।

यो सुविधा प्लाटिना १००इएस देखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलमा लागू हुने कम्पनीले जनाएको छ । नयाँ फाइनान्सिङ व्यवस्थाअनुसार प्लाटिना १००इएस मा मासिक किस्ता करिब ३,२५५ रुपैयाँबाट घटेर २,१२४ रुपैयाँ पुगेको छ भने ग्राहकले हरेक महिना करिब १,१३१ रुपैयाँ बचत गर्न सक्नेछन् । 

त्यस्तै, डोमिनार ४०० मा मासिक किस्ता करिब ८,२२७ बाट घटेर ५,३७० रुपैयाँमा झरेको छ, जसले मासिक करिब  २,८५७ रुपैयाँसम्म बचत हुने कम्पनीले जनाएको छ ।

यसैगरी, पल्सर १२५, पल्सर एन१२५, पल्सर १५०, पल्सर एन१५०, पल्सर एन१६०, पल्सर २२०एफ, पल्सर २००एनएस, पल्सर एन२५० तथा एनएस४००जेड लगायत सम्पूर्ण मोडेलमा पनि मासिक किस्ता घटाइएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  २ : ०७ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६