पसल थापेरै नक्कली लाइसेन्सको धन्दा, स्मार्ट कार्डको मूल्य १५ हजार ! | Khabarhub Khabarhub

पसल थापेरै नक्कली लाइसेन्सको धन्दा, स्मार्ट कार्डको मूल्य १५ हजार !


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर बिक्री गर्ने ४ जना पक्राउ परेका छन् ।

काठमाडौंको न्यूरोड (पिपलबोट)स्थित फोटो कन्सर्नमा खानतलासी गर्दा नक्कली स्मार्ट लाइसेन्स र अन्य परिचय पत्र बनाउने ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय अपराध महाशाखाबाट गएको टोलीले फोटोकन्सर्नबाट ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको चावहिल बस्ने अनन्ता गुरुङ, लाजिम्पाट बस्ने कुमार तण्डुकार, अनामनगर बस्ने अशोक कार्की र कोटेश्वर बस्ने मोहन यादव छन् ।

प्रहरीका अनुसार उनीहरुले नक्कली स्मार्ट लाइसेन्स छापेर बिक्री गर्ने गरेका थिए ।

प्रहरीले फोटो कन्सर्र्नसमा नक्कली लाइसेन्स बनाउन गएका २ जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कुलेश्वर बस्ने सुवास रोक्का र सर्लाहीका दीपक ब्लोन छन् ।

प्रहरीका अनुसार उनीहरुले एउटै नक्कली लाइसेन्स ५ देखि १५ हजारसम्ममा बिक्री गर्ने गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १ : ०५ बजे

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको

मुस्ताङका फल्याक र धार्काजुङमा सिँचाइको अभाव

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको

हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध

फिदिम – अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची

नीलबाराही मन्दिर संरक्षणमा स्थानीय

भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ